धरान, खस समाज प्रतिष्ठान नेपालको धरान उप-महानगरपालिकाको प्रथम नगर अधिवेशनबाट अध्यक्षमा विजय घिमिरे चयन भएका छन्।
धरान-८ स्थीत लाङ्घाली सामुदायिक वनमा शनिबार सम्पन्न अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा खगेन्द्र कुवर, उपाध्यक्षमाद्वय डि.वि विष्ट, श्याम कार्की, सचिवमा ज्ञानेन्द्र वस्नेत, सह-सचिवमा राजेन्द्र कार्की, कोषाध्यक्षमा फणीन्द्र कार्की सह-कोषाध्यक्षमा तुलसा कटुवाल चयन भएका छन्।
विभिन्न स्थानमा बसोबासको क्रममा छरिएर बसेका खस जातिहरुलाई एक बनाउने उदेश्यले आयोजित अधिवेशनमा सदस्यहरुमा भुमिका कार्की, तिर्थ दाहाल, किरण थापा, अर्जुन खड्का, रेखा कार्की, मान बहादुर कटुवाल, विशाल जङ कटुवाल, उमा पराजुली, मदन कार्की, पदम बस्नेत, मेघराज पौडेल, मेघनाथ थापा, उत्सव कटुवाल, गग्गा माया कुवर, आशिष कटुवाल, मीन बहादुर दाहाल, इन्द्र कुवर, कमला खड्का, वृर्ख बहादुर बस्नेत, विद्या खडका, माया विष्ट र गोपाल पौडेल चयन भएका छन्।
खस समाज प्रतिष्ठान नेपालका केन्द्रिय अध्यक्ष विनेश कुमार थापाको सभापतित्व, महेन्द्र महुमुखी क्याम्पसका पुर्व प्रा. कुमार बहादुर कार्कीको प्रमुख आतिथ्यमा भएको अधिवेशनमा विशिष्ठ अतिथि कोशी प्रदेश सभा सदस्य रमेश कुमार बस्नेत, एसएसपी भीमबहादुर दाहाल, संयुक्त खस क्षेत्री नेपाल वरिष्ठ उपाध्यक्ष प्रताप कुमार थापा, खस अभियन्ता तथा बरिस्ठ पत्रकार किशोर कार्की, धर्मराज खड्का, योगेन्द्र क्षेत्रीको उपस्थिति रहेको थियोे।
धरानसहित अन्य विभिन्न स्थानबाट खस जातिको उपस्थिति रहेको उक्त अधिवेशन तथा बनभोज कार्यक्रममा खस जातिका साँस्कृतिक नृत्य हुड्केली, साँस्कृतिक वाद्यवादन लगायतको प्रस्तुति गरे भने कार्यक्रम सञ्चालन खस समाज प्रतिष्ठान नेपालका सचिव हिमाल कार्कीले गरेका छन्।