धरान, कोशी एक्सिलेन्ड अवार्डमा धरानका पत्रकार तथा मजदुर नेता भीम राई (ज्वाला)सहित विभिन्न क्षेत्रका १२ जना सम्मानित भएका छन्। 

प्रदेश खबरको दोस्रो वार्षिकोत्सवको अवसरमा इटहरीमा बुधबार पत्रकार तथा श्रमजिवी नेपाल यातायात स्वतन्त्र मजदुर संगठन अध्यक्ष भीमज्वाला राई, नेपाल राष्ट्र बैँकका गभर्नर महाप्रसाद अधिकारी, नेपाल सरकारका प्रथम महिला मुख्यसचिव लीलादेवी गड्तौला सम्मानित भएका छन्।

koshiयस्तै इलाम नगरपालिकाकी उपप्रमुख विष्णुकमारी लिम्बू (दाहाल), अग्रज पत्रकार गोविन्द चन्द्र क्षेत्री, शिक्षासेवी चन्द्र भण्डारी, टाइम्स पब्लिकेशनका पुरुषोत्तम दाहाल, नेपालमा सबैभन्दा अग्ला व्यक्तिका रूपमा परिचय स्थापित गराउने राजन अधिकारी र पर्यटन व्यावसायी सुनील भुसाल सम्मानित भएका छन्।

यसैगरी संस्थाहरुमा  कामधेनु दूग्ध विकास सहकारी संस्था लिमिटेड, माया घर नेपाल र नव दृष्टि आँखा अस्पताललाई सम्मान गरिएको प्रदेश खबरका अध्यक्ष पवन अधिकारीले बताएका छन्।

प्रमुख अतिथी रहेका कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई उनीहरुलाई सम्मान गरेका हुन्। 

Koshill