धरान, धरान-१३ स्थित श्री अमर आधारभूत विद्यालयको ४८औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ।

ज्ञानको दीप जलाउँदै, शिक्षाको ज्योति फैलाउँदै आएको श्री अमर विद्यालयले आज(शुक्रबार) विविध कार्यक्रमको आयोजना गरि वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न गरेको हो। 

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री हरिहरप्यारा श्रेष्ठले विद्यालयको वार्षिक गतिविधि, व्यवस्थापन सुधार, भौतिक पूर्वाधारको विस्तार तथा भावी योजनाहरूको प्रतिवेदन प्रस्तुत गरे। 

त्यसैगरी, विद्यालयकी प्रधानाध्यापक झुमा सुवेदीले शिक्षाकाे महत्व, विद्यालयको आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै पारदर्शिता र उत्तरदायित्वको महत्वलाई उजागर गरिन्।

कार्यक्रममा विभिन्न शैक्षिक तथा अतिरिक्त क्रियाकलापहरूमा उत्कृष्टता हासिल गर्ने विद्यार्थीहरूलाई पुरस्कार वितरण गरिएको थियो। 

भने विद्यालयका छात्र-छात्राहरूले नृत्य, गायन तथा विविध कलात्मक प्रस्तुतिहरू प्रदर्शन गरे। 

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिहरप्यारा श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि धरान उपमहानगरपालिकाका पूर्व प्रधानपञ्च एवं चर्चित साहित्यकार श्री बम देवान रहेका थिए। 

यस्तैगरि विशेष अतिथिमा धरान उपमहानगरपालिका वडा नं. १३ का वडाध्यक्ष नेत्रप्रसाद काफ्ले, पूर्व सुरक्षाकर्मी परिषद नेपालका केन्द्रीय सदस्य/कोशी प्रदेश संयोजक तथा विद्यालय सुधार समितिका सह संयाेजक श्री बलराम राई, विद्यालय सुधार समितिका संयाेजक दिवसप्यारा श्रेष्ठ, हरि कार्की, अमर सेवा समाजका अध्यक्ष श्री भूमीराज पाहिम लगायतको उपस्थिति रहेकाे थियो। 

भने कार्यक्रम सञ्चालन विद्यालयका शिक्षक मंगलसिंह तामाङले गरेका थिए।