धरान, धरान रनद्वारा आयोजित नेवा च्यारिटी खुल्ला दौड प्रतियोगिता 'धरान १०के रन'को १३औँ संस्करण भोलि (शनिबार) हुँदैछ।

भोलि बिहान ६ देखि ९ बजेसम्म संचालन हुने दौडमा ४ हजार धावक धाबिक दौडने आयोजक धरान रनका अध्यक्ष रमु राईले आज पत्रकार सम्मेलनमा जानकारी दिएका छन्। 

उनका अनुसार दौडमा नेपालकै चर्चित गायक राजु लामा पनि दौडमा सहभागी हुने भएका छन्।

१३औं संस्करणको रनमा १६ देखि ३९ वर्ष उमेर समुहका राष्ट्रिय अन्तर्राष्ट्रिय धावक धाविकाहरू सहभागी हुनेछन्।

विश्वभर एकै साथ हुने भर्चुअल दौडमा जुनसुकै स्थानका धावक धाविका सहभागी हुन पाउने छ।

प्रतियोगितामा दौडको ठिक समय मापन गर्न ‘चिप टाइमिङ’ सिस्टम प्रयोग गरिने आयोजकले जानकारी दिए।

दौड प्रतियोगिता धरानको पुतली लाइनबाट सुर भएर देशीलाईन, पुरानो बजार, पिण्डेश्वर मन्दिर, विजयपुर चोक, हात्तीसार क्याम्पस, रेडक्रस भवन अमरहाट, जिरो प्वाइन्ट, जानकी चोक, रङ्गशाला, गणेशमान चौक, पानी टङ्की, कल्याण चौक, मङ्गलवारे, रत्न चोक, बुद्ध चोक, दुर्गा चोक हुँदै पुनः पुतली लाइन र भानुचौकमा आएर उक्त दस किलोमिटर दौड टुंगिने छ।

Messenger_creation_231265DD-515A-45C7-90CB-953F505DDF12प्रतियोगितामा १६ वर्ष माथिका ३९ वर्ष सम्म खुल्ला दौडका विजेताले जनही नगद ६० हजार, दोस्रोले ४० हजार र तेस्रोले २० हजार, मेडल र प्रमाणपत्र पाउने छन्।

यस्तै १२ वर्ष देखि १५ वर्ष भित्रका ‘अन्डर १६’समूहका, ४९ वर्ष देखि ५९ वर्ष सम्मको ‘मिड भेट्रान’समूहका, महिला पुरुष विजेताले जनही नगद ७ हजार, ५ हजार, ३ हजार, मेडल र प्रमाणपत्र पाउने छन्  ।

४० वर्ष देखि ४९ वर्ष सम्मको ‘भेट्रान’ समूहका महिला पुरुष विजेताले जनही नगद १० हजार, ७  हजार, ५ हजार, मेडल र प्रमाणपत्र पाउने छ ।

६० वर्ष देखि माथिका ‘सुपर भेट्रान’ समूहका महिला पुरुष विजेताले नगद ५ हजार, मेडल र प्रमाणपत्र पाउने  आयोजकले जानकारी गराए।