धरान, लोकतान्त्रिक किरात लिम्बू संघ नेपाल कोशी प्रदेशको प्रथम अधिवेशनबाट नरेशकुमार इवारमको अध्यक्षतामा ३३ सदस्यीय कमिटी सर्बसम्मत चयन भएको छ।
नेकपा (एमाले)को जनसंंगठन लोकतान्त्रिक जनजाति आदिवासी महासंघको जातिय घटक संगठन उक्त लोकतान्त्रिक किरात लिम्बु संघ, नेपाल कोशी प्रदेशको आज धरानमा सम्पन्न अधिवेशनबाट उपाध्यक्षमा सेर बहादुर खजुम र दिपेन्द्र लिम्बु चयन भएका छन्।
यसैगरी सचिवमा कृष्ण मेन्याङ्बो, उपसचिवमाद्वय नकलमान लिम्बु, सुर्य पाङ्गेनहाङ र कोषाध्यक्षमा जितमान लिम्बु चयन भएका छन्।
यसैगरी सदस्यहरुमा, मान प्रसाद लिम्बु, सुनिल लिङ्थेप, नैन बहादुर नेयोङहाङ,यम फागो, श्यामविर नेम्वाङ, डगल सिं लिम्बु, आरत मांया लिम्बु, जगत नेम्वाङ, संगिता सुब्बा, चन्द्र कुमार लिम्बु, मुना चेम्जोङ, देउ कुमार योङहाङ, बेदराज लिम्बु, टेक बहादुर कन्दङवा, नारायण लिम्बु, रण बहादुर थाङदेन, डिल्लीराम तुम्रोक सर्बसम्मत चयन भएका छन्।