धरान, गोर्खा सेमिट्रिज ट्रष्स नेपालकको आयोजनामा आगामी चैत २ गते 'तेस्रो गोर्खा ट्रेलब्लेजर २०२५ धरान' १० किमि दौड हुने भएको छ।

विश्व शान्तिको लागि प्रथम, दोस्रो र विभिन्न युद्धमा सहिद भएका वीर गोर्खालीहरुको सम्मानमा अप्रिल ५ पुर्खा दिवसको अवसरमा १० किमि खुला दौड प्रतियोगिता हुने आईतबार धरानमा पत्रकार सम्मेलमार्फत ट्रस्टका अध्यक्ष तथा राष्ट्रिय खेलकुद परिषदका वरिष्ठ कराँते प्रशिक्षक महेन्द्र राईले बताएका छन्।

अध्यक्ष राईका अनुसार दौड चैत २ गते विहान ६:३० बजे धरान-१८ स्थीत रत्नचोकबाट दौड सुरु भएर धरान-११ मंगलबारे चौक हुँदै, धरान-२० विष्णुपादुका स्थीत गोर्खा स्मृति पार्कमा पुगेर टुंगिने भएको छ।

प्रतियोगितामा करिब ६०० धावक-धाविकाहरु सहभागी हुने छन् भने पुरुष र महिला धावक-धाविकाकोको छुट्टाछुट्टै प्रतिस्पर्धा हुनेभएकोे  छ। 

प्रतियोगितामा पुरुष र महिलातर्फ प्रथम हुने धावक-धाविकालाई थप पुरस्कार स्वरूप आगामी सन् २०२६ मा हङकङमा आयोजना हुने गोर्खा ट्रेल रनमा सहभागी गराइने आयोजकले जानकारी दिएका छन्।

FB_IMG_1740371098556 1