धरान, लागुऔषध सहित धरानमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
आज बिहान धरानबाट इटहरी तर्फ जाँदै गरेको बागमती ८३ प २९०४ नम्बरको मोटरसाईकलमा सवार धनकुटा सहिद भुमी गाँउपालिका–२ का २१ वर्षिय सुरेश सिवालाई २९ किलो गाँजा सहित पक्राउ गरिएको हो।
धरानको तीनकुने चेक प्वाईन्ट स्थित भित्री सडक–खण्डमा अस्थायी प्रहरी चौकी तीनकुनेबाट गस्तीमा खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा उनको साथबाट उक्त गाँजा फेला पारेको हो।
पक्राउ परेको उनको इलाका प्रहरी कार्यालय धरानबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।