धरान, सुनसरी, मोरङ, झापा र उदयपुरको विभिन्न स्थानहरुबाट प्रतिबन्धित लागूऔषध सहित प्रहरीले ९ जनालाई पक्राउ गरेको छ।
मंगलबार राति सुनसरी धरान उप-महानगरपालिका-२ स्थितबाट वडा प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलिले धरान उप-महानगरपालिका-१५ का २६ बर्षीय गणेश राई, २५ बर्षीया भिम कुमारी बिश्वकर्मा र ३० बर्षीय आशिष खातीलाई पक्राउ गरेको छ।
प्रहरीले उनीहरूलाई ट्रमानिल-११ सय ९४ क्याप्सुल, स्पासपेन-१४ सय ९० ट्याब्लेट, स्पासरेष्ट-७, डेकोलिक-११ सय ७५ र मेडोमोल-८ चक्की प्रतिबन्धित औषधी सहित पक्राउ गरेको हो।
यसैगरी मंगलबार दिउँसो लागूऔषध नियन्त्रण ब्यूरो बिराटनगरबाट खटिएको प्रहरी टोलिले चेकजाँचको क्रममा बिराटनगर महानगरपालिका-१५ बाट भारतबाट नेपाल तर्फ आउदै गरेका मोरङ उर्लाबारी नगरपालिका-६ का ३२ बर्षीय सन्नी लामालाई ८ ग्राम ४१० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ।
भने मोरङ सुनबर्षि नगरपालिका-१ का २२ बर्षीय सनम तामाङको साथबाट १ ग्राम ४४० मिलिग्राम र पथरी शनिश्चरे नगरपालिका-६ का २२ बर्षीय अनिल राईको साथबाट २ ग्राम १४० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरिएको छ।
मंगलबार नै झापाको दमक नगरपालिका-६ बाट इलाका प्रहरी कार्यालय दमकबाट खटीएको प्रहरी टोलिले पाचँथर मिक्लाजुङ गाँउपालिका-५ का २६ बर्षीय बिशाल भुजेललाई ट्रमाडोल-१४० क्याप्सुल, स्पासेन-१४० चक्की सहित पक्राउ गरिएको छ।
त्यसैगरी मंगलबार राति झापा मेचीनगर नगरपालिका-५ बाट इलाका प्रहरी कार्यालय काकडभिट्टा र इलाका प्रहरी कार्यालय नकलबन्दा झापाबाट खटिएको प्रहरी टोलिले स्थानिय ५२ बर्षीय देवी प्रसाद बुढाथोकीलाई ५६० ग्राम गाजाँ सहित पक्राउ गरेको छ।
यस्तै मंगलबार साँझ जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलिले उदयपुरको त्रियुगा नगरपालिका-१० स्थितबाट उदयपुर नगरपालिका-१२ का १९ बर्षीय दिलिप घिमिरेको साथबाट डाईजेपाम-६, फेनार्गन-६, आईपिपिएल-६ गरी १८ एम्पुल सहित पक्राउ गरिएको छ।प्रतिबन्धित लागूऔषध सहित पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।