धरान, नेपाल किरात कुलुङ भाषा संस्कृति उत्थान संघ, सुनसरी समन्वय समितिको ११औं जिल्ला अधिवेशन सम्पन्न भएको छ ।
शनिबार धरानमा सम्पन्न जिल्ला समन्वय समितिको संयोजकमा आईतराम रजित्ति कुलुङ चयन भएका छन्।
यसैगरी सहसंयोजक शरणध्वज होङेलु कुलुङ, सचिव प्रेम पिदिसै कुलुङ, कोषाध्यक्ष मनिराज तोङेर्बु कुलुङ, सहकोषाध्यक्ष अलक बहादुर मोरोखु कुलुङ, सहसचिव आरती रजित्ती कुलुङ चयन भए।
समितिको सदस्यमा जमुना तोमोछा कुलुङ, बिमल थिम्रा कुलुङ, श्रीकुमार कुबित्ती कुलुङ, शान्ता रिन्हो कुलुङ, राजेन्द्र होङेलु कुलुङ, नवीन रिन्हो कुलुङ, राजेन्द्र वालाखाम कुलुङ चयन भए भने थप ४ जना मनोनित गर्ने गरि १७ सदस्यीय कार्यसमिति गठन गरिएको छ।
कुलुङ पहिचान, भाषा, संस्कृतिको प्रवर्द्धन गर्ने उदेश्यले स्थापित संघको मिम्छा गुस्खमका नयाँ कार्यसमिति पनि चयन गरिएको थियो।
जसमा संयोजक सुनिता तोङेर्बु कुलुङ, सहसंयोजक निरा मुम्हो कुलुङ, सचिव आरती थिम्रा कुलुङ, कोषाध्यक्ष बिपामणी थिम्रा कुलुङ, सहकोषाध्यक्ष निर्मला वालाखाम कुलुङ र सहसचिव सुजता मेवाहाङ कुलुङ चयन भएका छन्।
सदस्यहरुमा अनिषा रजित्ती कुलुङ, दिर्गमाया मगर कुलुङ, सलिना थिम्रा कुलुङ, बदरमाया वालाखाम कुलुङ, तिरलक्ष्मी वालाखाम कुलुङ, शान्ता रिन्हो कुलुङ चयन भएका छन्।
अधिवेशन किरात कुलुङ भाषा संस्कृति उत्थान संघ, सुनसरीका निवर्तमान संयोजक श्री मालुमध्वज पिडिसैको सभापतित्वमा र संघका केन्द्रीय उपाध्यक्ष तथा साल्पा सिलिछो गाउँ पालिकाका अध्यक्ष दौलत कुलुङको प्रमुख आतिथ्यमा भएको थियो।
यस्तैगरि कार्यक्रममा संघको केन्द्रीय महिला उपाध्यक्ष हिमकला कुलुङ, महासचिव दिपेन्द्र थोरेप्पा, छिनामखु सरोकार समाजका अध्यक्ष बलराम वालाखाम राई, केन्द्रीय सल्लाहकार महन्त रजित्ति, संघका केन्द्रीय सदस्यहरू चन्द्र होङ्गेलु, विनोद छाप्दुलु, राम सम्फरुलगायतको आतिथ्य रहेको थियो।