विराटनगर, विभाग्य टिम त्रिभुवन आर्मी क्लब विराटनगरमा जारी ९औं संस्करणको रमपम विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ।

विराटनगरको सहिद रंगशालामा बुधबार भएको पहिलो क्वाटरफाइनल खेलमा आर्मीले घरेलु टिम रिजालको मोरङ ११ लाई १–० गोलले हराउँदै आर्मी सेमिफाइनलमा पुगेको हो।

जितको लागि आर्मीका निरज चौधरी नायक बने। उनले पहिलो हाफको ३७औ मिनेटमा गरेको गोलनै टिमको जितको लागि निर्णाय बन्यो।

पथेमन गलेले मध्य भागबाट निकालेको क्रस पासलाई निरजले आकर्षक गोलमा परिणत गरेका थिए। पहिलो गोल खाएपछि दबाबमा परेको मोरङ ११ ले बराबारीमा ल्याउन निकै संघर्ष गर्यो।

तर सफल हुन सकेन। दोस्रोे हाफपछि आक्रमक खेल पस्किएको मोरङ ११ खेल बराबरीमा ल्यान आक्रामक खेल खेलेपनि सफल हुन सकेन।

दुवै टिम आक्रामक देखिए पनि डिफेन्सलाइनको कमजोरीमा मोरङ ११ पहिलो हाफमा १–० ले पछि पर्यो। खेलको पहिलो हाफमा आर्मीको लागि निकै संघर्षपुर्ण बन्यो।

केही उत्कृष्ट अवसर सिर्जना गरे पनि गोलमा परिणत हुन सकेन। खेलको ३३ औं मिनेटमा निरज चौधरीले गरेको कडा प्रहार मोरङका गोल किपर पुर्ण चेम्जोङ्गले उत्कृष्ट बचाए।

३४ औं मिनेटमा सुजन चौधरीले गरेको कडा प्रहार फ्रेममा पर्न सकेन। आर्मीका ५०औ मिनेटमा दिनेश हेमजङले डिबक्स भित्रदेखि गरेको प्रहार मोरङका गोलकिपर पुर्ण चेम्जोङ्ग बाधक बने।

त्यस लगतै निरान्जन धामीले गरेको सशत्त प्रहार बाहिरिदा गोल हुन सकेन। खेलको ५१औं मिनेटमा आर्मीका नरेश खत्रीले गरेको कडा प्रहार मोरङका गोलरक्षक पुर्णले बिफल पारिदिए।

घरेलु दर्शकको साथ पाएको मोरङले गोल गर्ने थुप्रै सान्दर अवसर खेर फाल्यो। खेलको ५३औ मिनेटमा मोरङका भवन बस्नेतले २५ यार्डबाट गरेको कडा प्रहार आर्मीका गोल रक्षक विकेस कुथुले उत्कृष्ट बचाउ गरिदिए।

IMG_9900त्यस लगतै सुशिल राईले गोल गर्ने गतिलो अवसर गुमाए। मोरङका अभिषेक गुरुङले डिबक्स भित्रदेखि गरेको प्रहार बाहिरियो।

७०औ मिनेटमा दोर्जे तामाङ्गले डिबक्स नजिक देखि गरेको प्रहार पनि पोस माथि देखि बाहिरदा बराबारीमा ल्याउने अवसर खेर गयो। प्रतियोगिताको प्लेर अफ द म्याच आर्मीका गोल रक्षक विकेस कुथु घोषित भएर नगद ११ हजार प्राप्त गरे।