धरान, पानवारी फुटबल क्लबको आयोजनामा आगामी २०८२ बैशाख १३ गतेदेखि १९ गतेसम्म ‘दोस्रो पानवारी गोल्डकप’ हुने भएको छ। 

पानवारी सामुदायिक वन समुहको संयोजनमा धरान उपमहानगरपालिका वडा नंबर ६ स्थीत बाजीपाक फुटबल मैदानमा उक्त गोल्डकप हुने आज पत्रकार सम्मेलन मार्फत आयोजकले जानकारी गराएका छन्। 

फुटबल खेलको बिकास तथा खेलाडी उत्पादन गर्ने उदेश्यले उक्त प्रतियोगिता आयोजना गर्न लागेको पानवारी फुटबल क्लबको अध्यक्ष कृष्णकुमार राई-भुपाल_ले बताए। अध्यक्ष राईका अनुसार प्रतियोगितामा ८ वटा टिम सहभागि हुने छ। 

हालमा प्रथम संस्करणको विजेता मोरङको केराबारी फुटबल क्लब, उपविजेता धनकुटा, झापाका टिमले सहभागिता जनाउने भएको छ, भने भारतको टिमलाई पनि सहभागि  गराउने पहल भई रहेको अध्यक्ष राईले बताए। 

प्रतियोगिताको बिजेता टिमले ट्रफी र नगद २ लाख २२ हजार २ सय २२ रुपैया र उपविजेता टिमले ट्रफी र नगद १ लाख ११ हजार १ सय ११ रुपैया पुरस्कार प्राप्त गर्नेछन्। भने प्रतियोगिताको सर्बोत्कृष्ट खेलाडीले नगद १० हजार पाउने छन्। 

यस्तै वेष्ट गोल किपर, बेष्ट स्ट्राइकर, बेष्ट डिफेन्स, वेष्ट मिडफिल्डर, हाई स्कोरर र बेष्ट कोच बन्न सफलले जनही नगद ७ हजार पुरस्कार र हरेक खेलको म्यान अफ दि म्याच बन्ने खेलाडीले नगद ५ हजार प्राप्त गर्ने छन्।