धरान, रंगहरुको पर्वको रुपमा रहेको होलि पर्व विभिन्न स्थानमा मनाइरहेको बेला आज धरानमा पनि रमाईलो गरि शुभकामना आदानप्रदान गरि मनाईएको छ। 

हिजोबाट सुरु भएको होलि पर्व पहाडी क्षेत्रमा हिजो र आज भने तराई क्षेत्रमा मनाईएको हो। यसै क्रममा नेपाल पत्रकार महासंघ सुनसरीले भने शुभकामना आदानप्रदान कार्यक्रम गरि मनाएको छ।

धरान १३ स्थीत महासंघको भवनमा आयोजित उक्त कार्यक्रममा अग्रज पत्रकार हर्ष सुब्बाले होलि पर्वले समाजमा सदभाव कायम गरेको बताए। 

यसैगरि नेपालकी कांग्रेस धरानका सभापति श्याम पोख्रेलले धरान सबै जातजाति तथा धर्म बसोबास गर्ने स्थान भएकोले धरानबासीहरुमा सदभाव कायम हुने बताए।

यस्तै नेकपा एमाले धरान नगर समितिका अध्यक्ष हर्कजंग एभेङले होलि पर्व एक आत्मिय गाँस्ने पर्वको रुपमा स्थापित भएकाले यो पर्वले सामुदायिक सदभाव र आत्मीयता बढ्ने बताए। 

कार्यक्रममा जनता समाजबादी पार्टीका नगर अध्यक्ष ताजुव लिम्बुले होलि पर्वले विगतमा भएका तिक्ततालाई हटाएर आपसी मेलमिलाप र आत्मीयता बढाउने बताए।

नेपाल पत्रकार महासंघ सुनसरीको अध्यक्ष सन्तोष काफलेले बिगत देखि नै महासंघले पत्रकारहरु, विभिन्न राजनीतिक दलहरु, संघसंस्थाका प्रतिनिधिलगायतसँग होलि पर्वमा शुभकामना आदान प्रदान गरिदै आएको बताए।

Polish_20250314_221122745


Polish_20250314_221328027