धरान, चार वर्षिया बालिकाको अपरहणमा संलग्न ब्यक्ति पक्राउ प्रहरीले पक्राउ गरेको छ।

सुनसरीको कोशी गाउँपालिका-७ मुसहरी टोलका कुशेश्वर सदाको चार बर्षीया छोरीको अपरहण भएको घटनाको २४ घंटा भित्र वालिकाको सकुशल उद्दार गरी अपहरणमा संलग्न व्यक्तिलाई प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्नेमा सप्तरी कन्चनरुप नगरपालिका-१२ धरमपुरका जितुवा भन्ने जितेन्द्र साह (हलुवाई) रहेका छन।

जिल्ला प्रहरी कार्यालय सुनसरी र कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको प्रादेशिक अनुसन्धान समुहबाट प्रहरी टोली परिचालन गरी वालिकाको उद्दार र अपहरणमा संलग्नलाई पक्राउ गरेको हो।

बुधबार दिउँसो पौने २ बजे ४ बर्षीया छोरी घर अगाडि खेल्ने क्रममा अपरिचित मानिसले सिटि सफारीमा चढाई अपहरण गरी लगेको जानकारी प्राप्त हुना साथ प्रहरीले अनुसन्धान सुरु गरेको थियो।

त्यसै क्रममा आज कोशी ब्यारेजको २६ नम्वर ढोकाको पुल माथिबाट वालिकालाई सकुशल उद्दार गरी आफन्तलाई जिम्मा लगाएको र  अपहरणमा संलग्न साहलाई नियन्त्रणमा लिएको हो।

पक्राउ परेका साहको जिल्ला प्रहरी कार्यालय सुनसरीबाट थप अनुसन्धान तथा आवश्यक कानुनी कारवाही भइरहेको प्रहरीले जनाएको छ।