धरान, एलाइनेट जिम धरानले आयोजना गरेको कोशी प्रदेश स्तरीय खुल्ला शारिरीक सुगठन प्रतियोगिता ‘छैठौं मिस्टर कोशी–२०८१’ को विजेता बेलबारीका पुष्प शंकर भएका छन्। 

विजेता बन्दै डाईमन्ड जीम बेलबारीका शंकरले उपाधी, मेडल, ट्रफी, नगद एक लाख पच्चीस हजार प्राप्त गरेका छन्। 

शनिबार धरान–१३ अमरहाट स्थीत अमर सेवा समाजको भवनमा सम्पन्न प्रतियोगितामा दोस्रो पथरीका अजय मरिक बनेका छन्। द पावर जीम एण्ड फिटनेस पथरीका मरिकले मेडल, ट्रफी, नगद ५० हजार प्राप्त गरेका छन्।

Polish_20250406_150325688यसैगरी प्रतियोगिताको तेस्रो भिजन फिटनेस धरानका रमेश लिम्बु, चौथो बडी गराज जीम पथरीका प्रेमलाल राजवंशी र पाँचौ भिजन फिटनेस धरानका सुरेन राई बन्दै क्रमश जनही नगद ४० हजार, ३० हजार र २० हजारसहित मेडल, ट्रफी प्राप्त गरेका छन्। 

यसैगरी प्रतियोगिताको वेष्ट पोजर काकडभिट्टाका अभिजित राजवंशी, मस्कुलर मेन धरानका प्रवेश लिम्बु, मोस्ट ईम्प्रुभ इनरुवाका अशोक मरिकको उपाधी जित्दै जनही नगद पाँच हजारसहित मेडल, ट्रफी प्राप्त गरेका छन्।

प्रतियोगिताको प्रमुख निर्णायक हरि धिमाल, निर्णायकहरुमा केशव श्रेष्ठ, सीता राई (श्रेष्ठ), ईश्वर उदास, नवनित राज प्रधान, दिपेश पाठक रहेका थिए।

Polish_20250406_151330685शुक्रबार प्रतियोगिताको प्रिजजिङ्ग राउण्डको पाँच वटा वजन समुहबाट खेलाडी छनौट गरि शनिबार फाइनलमा प्रतिष्पर्घा गराईएको आयोजक एलाईनेट जीमको अध्यक्ष बिक्रम लिम्बुले बताए।