धरान, धरानमा ‘न्यू इयर फुड फेस्टिवल’ सोमबारदेखी सुरु हुने भएको छ।

धरान बार ट्रेनिङ एण्ड बारिस्टा एकेडेमी तथा डेली डोज क्याफे धरानको संयुक्त आयोजनामा फेस्टिबल सुरु हुन लागेको हो।

धरान-३ माछा भौडि स्थित डेली डोज क्याफे परिसरमा उक्त फुड फेस्टिबल यहि चैत्र २५ गते सोमबारदेखी सुरु भई आगामी २०८२ बैशाख ४ गतेसम्म सन्चालन हुने आयोजकले आज पत्रकार सम्मेलन गरी जानकारी दिएको छ।

फेस्टिबलमा बिभिन्न मौलिक खानाका परिकारहरुका १३ वटा स्टलहरु रहने कार्यक्रम संयोजक जिवन राईले बताए। संयोजक राईका अनुसार क्याफेमा रहेको हल तथा कोठाहरुलाई स्टलको रुपमा तयार गरिएको छ।

फेस्टिबलमा बिभिन्न प्रकारका कफीका स्वादहरु लिन पाइने आयोजकको भनाइ छ। फेस्टिबलको उद्घाटन धरान उप-महानगरपालिकाका उपमेयर आईन्द्र बिक्रम बेघाले गर्ने कार्यक्रम तय भएको आयोजकले जनाएको छ।

उद्घाटनमा बिभिन्न जातिय समुदायका झाकी समेत प्रस्तुत गरिने जनाइएको छ। बिहान १० बजेदेखी राती १० बजेसम्म सन्चालन हुने फेस्टिबलमा फेस्टिबल अवधिभर प्रत्येक दिन धरानका स्थानिय ब्यान्डहरुको प्रस्तुती रहने संगीतिक कार्यक्रम इभेन्ट मेनेजर सन्तोष थापा मगरले बताए। 

फेस्टिबलबाट करिब १५ लाख आम्दानी हुने लक्ष राखिएको एकेडेमिका ब्यावस्थापक रणजित राईले बताए। व्यापारिक अस्थीरतालाई चलायमान बनाउन तथा धरानमा रहेको युवालाई स्वरोजगार मुलक शीप बिकासमा टेवा पुर्याउने उदेश्यले नयाँ वर्षको अवसर पारेर पहिलो पटक फेस्टिबलको आयोजना गरिएको उनको भनाइ छ।

व्यापारिक अस्थीरतालाई चलायमान बनाउन तथा धरानमा रहेको युवालाई स्वरोजगार मुलक शीप बिकासमा टेवा पुर्याउने उदेश्यले नयाँ वर्षको अवसर पारेर पहिलो पटक फेस्टिबलको आयोजना गरिएको उनको भनाइ छ।