नेपाल तरुण दल धरान नगर समितिको अध्यक्षमा राम तामाङ सर्बसम्मत 

धरान, नेपाल तरुण दल धरान नगर समितिको पाँचौ नगर अधिवेशनले राम तामाङलाई अध्यक्षमा सर्बसम्मत चयन गरेको छ।

आज धरान–२ स्थीत नेपाली काग्रेस धरानको पार्टी कार्यलयमा सम्पन्न अधिवेशनले तामाङको अध्यक्षतामा ३१ सदस्यीय कार्यसमिति सर्बसम्मत चयन भएको हो। 

समितिको प्रथम उपाध्यक्ष बिक्रम तामाङ, सचिव मनोहर श्रेष्ठ चयन भएका छन्।

यस्तै सदस्यहरुमा लुईस जेम्स राई, जुगल चौधरी, जीना तामाङ, लक्ष्मी मगर, अस्मिता केसी, प्रेमकुमार बस्नेत, सुमन निरौला, मनकुमार राई, शिखर राई, सुवास राई, सोना शंकर, प्रनिता परियार, आशेष लिम्बु, सविना दर्नाल, सरा नेपाली, प्रितीराज राई, समीर लिम्बु, राहुल सुबेदी, शंकर पाण्डे, निर्मल आचार्य, अनिस लिम्बु, विशाल खत्री, प्रदिप राई, सन्देश मगर, उज्वल हल्वाई, उत्सव थापा मगरलगायत चयन भएका छन्।

समितिको उपाध्यक्ष, सहसचिव र कोषाध्यक्ष भने नयाँ कार्यसमितिको आगामी हुने प्रथम बैठक बसी मनोनित गरिने सदस्य लुईस जेम्स राईले जानकारी दिएका छन्।