धरान, धरान- ३ सदन रोड (माछा भौडी लाईन) स्थीत धरान डेली डोज क्याफे परिसरमा आजबाट ११ दिने ‘न्यू इयर फुड फेस्टिवल’ सुरु भएको छ।

धरान बारट्रेन्डिङ एण्ड बारिस्टा एकेडेमी तथा धरान डेली डोज क्याफेको संयुक्त आयोजना सुरु भएको फेस्टिबलको उदघाटन धरान उपमहानगरपालिकाका उप-प्रमुख आईन्द्रबिक्रम वेघाले गरेका छन्।

Polish_20250407_155209431धरानमा रहेको एक मात्र धरान बार ट्रेन्डिङ एण्ड बारिस्टा एकेडेमीले धरानका युवाहरूलाई धरानमै रहेर बार ट्रेन्डिङ र बारिस्टा सम्बन्धिक‍ो ज्ञान दिएर क्षमतावान बनाउदै स्वदेश तथा विदेशमा स्वरोजगार बनाउन महत्त्वपूर्ण भुमिका खेल्ने उप-प्रमुख वेघाले बताए। 

कार्यक्रममा धरान-३ नंबर वडाका अध्यक्ष विद्या शाक्य, आदिवासी जनजाति महासंघ सुनसरीका अध्यक्ष राम मानडुप्पा राई, धरान-३ नंवर वडा सदस्य मिङ्मा भोटे, नेकपा एस धरान नगर कमिटीका अध्यक्ष रेवती रमण राई, सदन रोड मनि सुन्दर टोल बिकास संस्था धरान-३ का अध्यक्ष कालुराम लिम्बूले फेस्टिवल सफल बनाउन सहयोग गर्ने बताए।

नेपाली मौलिक खानपान, विभिन्न प्रकारको कफी, जुसलगायत पेय पदार्थ तथा बार ट्रेन्डिङ एण्ड बारिस्टा एकेडेमीको प्रवर्द्धन, प्रचारप्रसार गर्ने उदेश्य राखी नयाँ २०८२ को अवसरमा फेस्टिबल आयोजना गरिएको संयोजक जीवन राईले बताए।

संयोजक राईको अनुसार फेस्टिबलमा बिभिन्न मौलिक खानाका परिकारहरुका १३ वटा स्टलहरु रहको छ।

बिहान १० बजेदेखी  राती १० बजेसम्म सन्चालन हुने उक्त फेस्टिबलमा साँझ ७ बजेबाट लाईभ गीतसंगीतहरु  समेत प्रस्तुत गरिने ईभेन्ट मेनेजर सन्तोष मगरले बताए। उनको अनुसार आज साँझ द प्याराडाईस व्याण्ड नेपालीको प्रस्तुति हुनेछ।

व्यापारिक अस्थीरतालाई चलायमान बनाउन तथा धरानमा रहेको युवालाई स्वरोजगार मुलक शीप बिकासमा टेवा पुर्याउने उदेश्यले नयाँ वर्षको अवसर पारेर पहिलो पटक फेस्टिबलको आयोजना गरिएकोमा  सबैको साथ भएमा फेस्टिबल सफल हुनेमा विश्वस्त रहेको आयोजक धरान बारट्रेन्डिङ एण्ड बारिस्टा एकेडेमी तथा धरान डेली डोज क्याफेका संचालक रणजित राईले बताए।

Polish_20250407_135818555उक्त उदघाटन कार्यक्रममा नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय सहसचिव अमर ईजम, जसपा नेपाल धरानका अध्यक्ष ताजुप लिम्बू, नेकपा (एमाले) धरानका उपाध्यक्ष पारस काङमाङ राई,  नेपाली कांग्रेस धरानका सचिव जितेन्द्र राई, जनता समाजबादी पार्टी धरानका सचिव शम्भु राई, धरान-३ का निवर्तमान अध्यक्ष आशाकुमार श्रेष्ठ, धरान-३का वडा सदस्यहरु, धरान-३ स्थीत टोल बिकास संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुलगायतको उपस्थिति रहेको थियो।

Polish_20250407_155518259