धरान, धरान रन समुहको चौथो अधिवेशनबाट हेमन्त सुनुवार अध्यक्षमा चयन भएका छन्।

आज धरानमा सम्पन्न अधिवेशनबाट हेमन्त सुनुवार अध्यक्षतामा १६ सदस्यीय कार्य समिति चयन भएको हो।

 समुहको उपाध्यक्षहरुमा प्रतिमा मोक्तान, दिपक दास, भुपालसिंह लिम्बु, अभिनाश श्रेष्ठ, प्रशन्न भण्डारी चयन भएका छन्। 

यसैगरी सचिवमा इन्द्रमणि गुरुङ, सहसचिव रिसव लिम्बु, कोषाध्यक्ष अप्सरा राई, सहकोषाध्यक्ष सुरेश राई चयन भएका छन्। 

समुहको सदस्यमा बिशाल राई, सौजन राई, सुभम् देवान, सुजन तामाङ, उर्मिला लिम्बु र मयारोन भण्डारी चयन भएका छन्।