धरान, विवाहित महिलाहरुको प्रतिभा र क्षमता प्रदर्शन गर्ने उदेश्यले आयोजित कार्यक्रम ‘मिसेस स्टेट–२०२५’ आयोजना गर्ने भएको छ।
वुवन वर्थ ग्रुप ईभेन्ट म्यानेजमेन्ट प्रा.लि.ले आयोजना गर्ने कोशी प्रदेश स्तरीय कार्यक्रम ‘मिसेस स्टेट–२०२५’ तेस्रो संस्करणको रुपमा आयोजना हुने भएको हो।
सन् २०१८ मा स्थापना भएको वुवन वर्थ ग्रुपले यस अघि दुई वटा संस्करण सम्पन्न गरेर पाँच वर्षको अन्तरालमा तेस्रो संस्करण गर्न लागिएको आयोजक वुवन वर्थ ग्रुपकी अध्यक्ष सुजता श्रेष्ठले आज धरानमा पत्रकार सम्मेलन गरि जानकारी गराएकी छन्।
अध्यक्ष श्रेष्ठको अनुसार विगतमा भएको कोरोनाको महामारीको कारणले तेस्रो संस्करणको आयोजना रोकिएसँगै संस्थाको अन्य गतिविधी पनि रोकिन गएको हो। अब उक्त ‘मिसेस स्टेट–२०२५’ तेस्रो संस्करण आयोजनासँगै ग्रुपले गतिविधि अगाडी बढाउने भएको छ।
‘मिसेस स्टेट–२०२५’ तेस्रो संस्करण आगामी २०८२ बैशाख ६ गतेबाट सुरु भई जेष्ठ १७ मा सम्पन्न हुने भएको हो। आयोजक ग्रुपकी सचिव ज्योति राईको अनुसार बैशाख ६ गते शनिबार धरान ९ स्थित हाङकुक साराङ कोरियन रेष्टुरेन्टमा पहिलो अडिसन हुनेछ भने वैशाख १३ गते धरान-१० पुतली लाइन स्थित चौथो रेष्टुरेन्टमा दोस्रो अडिसन हुनेछ।
अडिसनमा छनौट भएका सहभागिहरुलाई बैशाख २० गतेबाट ग्रुमिङ गरि विभिन्न प्रकारका तालिम प्रशिक्षण प्रदान गरिने भएको छ।
जसमा महिला स्वास्थ्य समस्या तथा समाधान सचेतना तालिम, प्राथामिक उपचार तालिम, महिला उद्यमशिलता, महिला न्यायिक अधिकार, सकरात्मक सोचाइ अभिवृद्धि तालिम, उद्घोषण तथा भाषणकला तालिम, विजनेस टक, अर्गानिक कृषि सम्वन्धि जानकारीमुलक भ्रमण गराईने भएको छ।
यसैगरी पर्यटन पर्वद्धन कक्षा,महिला सशक्तिकरण तथा लैंगिक समानता, संस्कृती र पहिचान सम्वन्धि जानकारीमुलक तालिम, फिटनेस तालिम, नया संविधानमा महिला अधिकार, आधारभुत पत्रकारीता तथा फोटोग्राफि सम्वन्धि जानकारीमुलक कक्षा, टेवल शिष्टाचार तालिम, आन्मरक्षा तालिम, मेकअप तालिम, फोटो सेसन, र्यामवक तथा क्याटवक लगायतको तालिम प्रदान गरिने छ।
ती तालिम पश्चात जेष्ठ १७ गते धरान–१६ स्थीत गुरुङ पार्टी प्यालेसमा ग्राण्ड फिनालेको आयोजना गरिने विजेता घोषणा गरि पुरस्कृत गरिने छ।
ग्राण्ड फिनालेका विजेतालाई उपाधी, ट्रफी, क्राउन, गिफ्ट ह्याम्पर र नगद एकाउन्न हजार प्रदान गरिने छ। यसैगरी फस्ट रनर अपलाई ट्रफी, क्राउन, गिफ्ट ह्याम्पर र नगद पच्चीस हजार प्रदान गरिने भएको छ भने सेकेन्ड रनर अपलाई ट्रफी, क्राउन, गिफ्ट ह्याम्पर र नगद पन्ध्र हजार प्रदान गरिने भएको छ।
भने ग्राण्ड फिनालेका सहभागिहरुलाई मिसेस पर्सनालिटि, मिसेस वेस्ट वक, मिसेस एक्टिभ, मिसेस व्युटिफुल, मिसेस फोटोजेनिक, पिपल्स च्वइस, मिसेस फ्रेन्डशिप, मिसेस स्माइल, मिसेस ट्यालेन्ट, मिसेस डिसिप्लिनको उपाधी सहित ट्रफि, प्रमाणपत्र र गिफ्ट ह्याम्पर प्रदान गरिने आयोजक वुवन वर्थ ग्रुपको कोषाध्यक्ष रोजी ताम्राकारले जानकारी दिएकी छन्।