धरान, धरान नृत्य कला प्रतिष्ठानको दोस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ।
आइतबार धरान–९ स्थीत होटल रत्न ईनमा आयोजित साधारण सभामा प्रतिष्ठानको वार्षिक प्रतिवेदन पारित भएको छ।
उक्त साधारण सभामा संस्थाको प्रगति प्रतिवेदन प्रतिष्ठानकी अध्यक्ष नन्दा राई तथा आर्थिक प्रतिवेदन कोषाध्यक्ष सुरेश राईले प्रस्तुत गरेका थिए।
यसैगरी साधारण सभामा नयाँ साधारण सदस्यता बितरण गरिएको नृत्यकर्मीहरुलाई स्वागत गरिएको थियो भने प्रतिष्ठानमा आवद्ध कलाकारहरुको नृत्य समेत प्रदर्शन गरिएको थियो।
धरान नृत्य कला प्रतिष्ठानकी अध्यक्ष नन्दा राईको सभापतित्व, धरान उपमहानगरपालिकाको उपप्रमुख आईन्द्रबिक्रम वेघाको प्रमुख आतिथ्यमा भएको उक्त दोस्रो साधारण सभामा धरान–९ नं वडाका निवर्तमान अध्यक्ष रत्न कटुवाल, प्रतिष्ठानका निवर्तमान अध्यक्ष मनिकुमार राई, उपाध्यक्ष नगेन्द्र राई, समाजसेवी रबिना सुब्बा (गुरुङ), लोक नृत्य अनुसन्धानकर्ता रोचक थापा, नृत्य निर्देशकहरु लक्ष्मी समाल, तुलसी घिमिरे, सम्बाहाम्फेलगायतको आतिथ्य रहेको थियो।