धरान, नयाँ वर्ष २०८२ को अवसरमा भेडेटारमा आज साँझ 'तेस्रो भेडेटार म्युजिकल नाईट'को आयोजना हुने भएको छ।
न्यु पाथीभरा क्लब भेडेटारको आयोजनामा भेडेटारको मुख्य चौकमा आयोजना हुने कार्यक्रममा विभिन्न गीत, संगीत तथा आकर्षक नृत्यहरु प्रस्तुत हुने भएको छ।
नेपालको चर्चिच गायक अस्मिता अधिकारी, गायक महेश काफ्ले, भोईस अ, नेपालका गायक रुबिन राई, जिरो ग्राभिटी व्याण्ड, द प्याराडाईस व्याण्ड नेपालको गीत तथा गरिमा डान्स सेन्टर धरान र स्थानीय कलाकारहरुको नृत्य प्रस्तुत हुने आयोजक क्लबका सचिव दिपेन लिम्बूले जानकारी दिए।
नयाँ वर्षको अवसरमा भेडेटारमा घुम्न आउने पर्यटकहरुलाई थप मनोरञ्जन दिलाउने उदेश्यले उक्त म्युजिकल नाईटको आयोजना गरिदै आएको सहआयोजक होटल एशोसिएशन भेडेटारको पुर्व अध्यक्ष लिलाराज लावतीले बताए।