धरान, न्यु पाथीभरा क्लब भेडेटारको आयोजनामा २०८२ को पहिलो दिन बैशाख १ गते 'तेस्रो भेडेटार म्युजिकल नाईट-२०८२' सम्पन्न भएको छ।
नयाँ वर्षमा भेडेटार घुम्म आएका पर्यटनहरुलाई थप मनोरञ्जन प्रदान गर्ने उदेश्यले आयोजित उक्त कार्यक्रममा नेपालको चर्चित गायिका अस्मिता अधिकारीले आफ्नो चर्चित गीतहरु गाएर मनोरन्जन दिएका थिए।
यसैगरी गायक महेश काफ्ले, गायिका पवित्रा राई, भोईस अफ, नेपालका गायक रुबिन राई, अलाईस व्याण्ड, कौशी व्याण्ड, द प्याराडाईस व्याण्ड नेपालले पनि दर्शकलाई मन्त्रमुग्ध बनाए।
देशभक्ति नृत्यबाट आफ्नो प्रस्तुती सुरु गरेको गरिमा डान्स सेन्टर धरानले फिल्मी, साल्सा, मोर्डनलगायतको नृत्य प्रस्तुत गरि दर्शकलाई झुमाए।
यसैगरी आयोजक न्यु पाथिभरा क्लब भेडेटारका कलाकारहरुले पनि नृत्य प्रस्तुतले पनि दर्शकलाई रमाइलो प्रदान गरे।
आयोजक न्यु पाथीभरा क्लब भेडेटारका अध्यक्ष कौशल राईको अध्यक्षतामा प्रमुख अतिथी साँगुरीगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्दाली राईबाट म्युजिकल नाईटको उदघाटन भएको थियो।
होटल एशोसिएशन भेडेटारको सह-आयोजनामा भएको म्युजिकल नाईटको उदघाटन सत्र आयोजक क्लबको सचिव दिपेन लिम्बूले सन्चालन गरे भने साँगितिक कार्यक्रम सन्जु राईले सन्चालन गरिन्।