सुनसरी, एक सय १६ किलो ग्राम लागुऔषध गाँजा सहितको कार प्रहरीले नियन्त्रणमा लिएको छ।
सुनसरीको दुहबी नगरपालिका-४ बाट शनिबार बेलुका गाँजा बोकेको कार प्रहरीले नियन्त्रणमा लिएको हो।
विशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय दुहबीबाट खटिएको प्रहरी टोलीले दुहबी- ४ स्थीत मालहट्टीमा चेकजाँचको क्रममा बा. ७ च ९२६३ नम्बरको मारुती कारको डिकी भित्र ४ वटा जेब्रा झोलामा उक्त १ सय १६ किलोग्राम गाँजा बरामद गरेको हो।
गाँजा बरामद भए संगै ओसार पसारमा संलग्न रहेका कार चालकको खोजतलास तथा अन्य अनुसन्धान कार्य भईरहेको प्रहरीले जानकारी गराएको छ।