इटहरी, नेपाल तरुण दल, इटहरी उप-महानगर समितिको पाँचौं अधिवेशनबाट अनिश सुवेदी (गोरे) सर्वसम्मत अध्यक्षमा चयन भएका छन्।

आज सम्पन्न अधिवेशनबाट उपाध्यक्षमाद्वय मनिष चौधरी, बसन्त राई, कोषाध्यक्षमा स्मारिका सुबेदी, सचिवमा एबिन निरौला चयन भए।

समितिको सदस्यमा आशुराम चौधरी, विपिन चौधरी, उत्सप झा, सेवाज खान, मुन्ना खान, जय कुमार चौधरी, रोहन श्रेष्ठ, गणेश चौधरी, सुमन चौधरी, विशु चौधरी, सुर्य गुरुङ, विश्वास चौधरी, उमेर कोईराला, विवेक चौधरी चयन भए।

Polish_20250421_201911036अहिले देशभर नेपाल तरुण दलका स्थानीय तहहरूमा अधिवेशन भइरहेको सन्दर्भमा ईटहरीमा पनि अधिवेशन सम्पन्न भएको हो।

अधिवेशनमा नवनिर्वाचित अध्यक्ष अनीशले युवा नेतृत्वलाई सशक्त बनाउँदै संगठनलाई अझ सबल र सक्रिय बनाउने विश्वास व्यक्त गरे।

कार्यक्रमका प्रमुख अतिथि नेपाल तरुण दल सुनसरीका संस्थापक अध्यक्ष जीवन विष्टले नयाँ नेतृत्वलाई बधाई दिँदै संगठनको सुदृढीकरणमा ध्यान दिन गरे।

कार्यक्रम संयोजक तथा नेपाल तरुण दल सुनसरीका उपाध्यक्ष दिलकुमार राईले नयाँ नेतृत्वले संगठन सशक्तिकरण र युवाको सक्रिय सहभागिता सुनिश्चित गर्ने विश्वास रहेको जानकारी दिए।

कार्यक्रमका विशिष्ट अतिथि नेपाल तरुण दल सुनसरीका अध्यक्ष सिजन गुरूङले कार्यसमितिलाई शुभकामना व्यक्त गरे।

Polish_20250421_201852312त्यस्तै नेपाल तरुण दल सुनसरी क्षेत्र नं.२ (क)को प्रथम अधिवेशनबाट सर्वसम्मतले सुनसरी क्षेत्र नं.२(क)को अध्यक्ष विबश विष्ट (राजा) सर्बसम्मत चयन भएका छन्।

उपाध्यक्ष नबिन मगर, राजन राई, सचिव बिशाल क्षेत्री, सहसचिव सलुम मगर, कोषाध्यक्ष हर्ष सुवेदी सर्वसम्मतले चयन भएका छन्। 

यसैगरी सदस्यहरुमा अपसन श्रेष्ठ, निशान क्षेत्री, विवस पुरी, रितेश गुरुङ, सिद्धार्थ तामाङ चयन भएका छन्।