धरान, युवालाई रोजगार बनाउने उदेश्यले धरानमा पहिलो पटक रोजगार मेलाको आयोजना भएको छ।

धरान उपमहानगरपालिकाको आयोजना, कोशी प्रदेश सामाजिक बिकास मन्त्रालयको सहकार्य र सुनसरी उद्योग वाणिज्य संघको सहयोगमा आजबाट मेला सुरु भएको छ।

धरान-१२ स्थीत पब्लिक हाई स्कुलको मैदानमा सुरु भएको उक्त 'धरान रोजगार मेला-२०८२' भोलि सम्म संचालन हुने भएको छ।

युवा पुस्तालाई रोजगारी प्रदान गर्ने उदेश्यले दुई दिने धरान रोजगार मेला २०८२ को आयोजना गरिएको हो।

उक्त मेलाको उदघाटन कोशी प्रदेशका सामाजिक बिकास मन्त्री पाँचकर्ण राईले गरेका छन्। रोजगारीको अवसर खोज्न दैनिक युवाहरू बिदेशीएनु परेको हालको अवस्थालाई रोजगार मेलाले रोक्न भुमिका खेल्ने मन्त्री राईले बताए।

व्यापार, व्यवसाय तथा रोजगार प्रदायक संस्थाका ३० वटा स्टलहरु रहेको उक्त मेलामा आएर रोजगारका अवसरबारे जानकारी लिनका लागि धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले कार्यक्रममा आग्रह गरेका छन्।

प्रमुख साम्पाङका अनुसार रोजगार मेलाबाट उद्यमी, व्यवसायीहरुको व्यवसाय प्रवर्द्धन र रोजगारीको अवसर खोजिरहेकाहरुले रोजगारीको अवसर प्राप्त गर्ने छ।

मेलाबाट १ हजार ७८ जना युवा पुस्तालाई रोजगारीको अवसर प्राप्त हुने आयोजकले बताए।

'नेपाल सरकार समृद्ध नेपाल सुखी नेपाली' अन्तरगत ५ लाख युवालाई रोजगरी उपलब्ध गराउने लक्ष्यलाई सहयोग पुर्याउने उदेश्यले आयोजित मेलाबाट रोजगारदाताहरुले समेत प्राविधिक ज्ञानमा दक्षता भएकालाई रोजगरी दिने र ज्ञान नभएकाहरुलाई पनि तालिमको व्यवस्था गरिदिने भएको छ।