धरान, लैङ्गिक हिंसा निवारणसम्बन्धी खोज पत्रकारिता तालिम विराटनगरमा आजबाट सुरु भएको छ।
नेपाल पत्रकार महासंघ कोशी प्रदेशको आयोजना तथा काेशी प्रदेश सामाजिक बिकास मन्त्रालयकाे सहकार्यमा आजबाट सुरु भएको तालिम १७ गते सम्म हुनेछ।
तालिममा कोशी प्रदेशको १४ जिल्लाका ३० जना बढी पत्रकार महिलाहरु सहभागी रहेको आयोजक नेपाल पत्रकार महासंघ कोशीकी महासचिव हिमा चेम्जोङले बताएकी छन्।
पाँच दिने उक्त तालिमको प्रमुख प्रशिक्षक नेपाल पत्रकार महासंघकी केन्द्रीय अध्यक्ष निर्मला शर्मा, प्रशिक्षकहरु शिव गाउँले, यज्ञ शर्मा, दुर्गा बराल, बिक्रम निरौला, बन्धु पोख्रेल, बन्दना दनुवार र भरत खड्का रहेको आयोजक नेपाल पत्रकार महासंघ कोशीकी उपाध्यक्ष अम्बिका भण्डारीले जानकारी दिएकी छन्।