धरान, माता तिर्थ औँशीको अवसरमा नेपाल तरुण दल इटहरी उपमहानगर समितिले वृद्ध आमाहरुलाई लत्ताकपडा र मिठाई बितरण गर्दै सम्मान गरेको छ।

समितिले ईटहरी स्थीत श्रीकृष्ण प्रणामी मन्दिर मुक्तिधाममा कार्यक्रम आयोजना गरी आमाहरुलाई आवश्यक नयाँ लत्ता कपडा र मिठाइ वितरण गरेको हो।

प्रत्येक वर्ष आमालाई श्रद्धा, सम्मान र मायाको प्रतीकस्वरूप सम्मान गर्दै उनीहरूलाई नयाँ कपडा र मिठो मसिनो खान दिनुका साथै उनीहरुबाट शुभकामना र आशीर्वाद ग्रहण गर्ने परम्परालाई कायम राख्दै कार्यक्रम गरिएको आयोजक नेपाल तरुण दल इटहरीका सभापति अनिस सुवेदीले जानकारी गराए। 

उनको अनुसार भविष्यमा पनि यस्ता प्रकारका सामाजिक कार्यलाई निरन्तरता दिने बताए।

उक्त कार्यक्रम सभापति सुवेदीसहित उपाध्यक्ष मनिष चौधरी, सचिव एबिन निरौला र कोषाध्यक्ष स्मारिका शर्मासहितका सदस्यहरूको सक्रियतामा भएको हो।