धरान, बराहक्षेत्र नगरपालिका-१ सुनसरीबाट ठुलो परिमाणको लागू औषध गाँजा प्रहरीले बरामद गरेको छ।
आईतवार राती इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले बराहक्षेत्र-१ स्थीत सडक किनारमा ११ वटा प्लास्टिकको बोरामा बेबारीसे अवस्थामा ३ सय ३० किलोग्राम गाँजा फेला पारेको हो।
लागू औषध गाँजाको ओसार पोसार भईरहेको गोप्य सुचनाको आधारमा प्रहरी टोलीले फेला पारेको हो।
गाँजा बरामद भए संगै ओसार पोसारमा संलग्न रहेका ब्यक्तिहरुको खोजतलाश तथा थप अनुसन्धान समेत भईरहेको प्रहरीले जानकारी गराएको छ।



प्रतिक्रिया