काठमाडौं, राजावादीले आगामी जेठ १५ गतेबाट अनिश्चितकालीन जनआन्दोलन गर्ने घोषणा गरेको छ।
राजसंस्था पुनर्स्थापना र सनातन हिन्दु धर्मका लागि भन्दै जनआन्दोलन घोषणा गरिएको राजसंस्था पुनर्स्थापनका लागि गठित समितिका संयोजक नवराज सुवेदीले आज राजधानीमा आयोजित पत्रकार सम्मेलन मार्फत बताए।
आन्दोलन व्यवस्था परिवर्तनका लागि भएको भन्दै कुनै पनि सरकार वा सत्तामा रहेका दलहरूको विरोध नगर्ने सुवेदीले बताउदै ‘जेठ १५ गतेदेखि अनिश्चितकालीन जनआन्दोलन गर्ने भएको हो।
‘हाम्रो आन्दोलन शान्तिपूर्ण हुनेछ। भद्र अवज्ञा र सत्याग्रह हाम्रो आन्दोलनको स्वरुप हुनेछ।’सुवेदीले पत्रकार सम्मेलनमार्फत यस्तो बताएका हुन्।