धरान, चर्चित गायक दुर्गेश थापा भोलि (शुक्रबार) बिराटनगरको हाटखोला मैदानमा आउने भएका छन्। 

लाइभ ईन्टरटेन्मेन्ट र भाईरल इभेन्ट ईन्टरटेन्मेन्टको संयुक्त आयोजनमा हुन लागि रहेको ‘दुर्गेश थापा लाईभ ईन विराटगर’ नामक साँगितिक साँझमा प्रस्तुती दिन गायक थापा आउने भएका हुन्।

विराटनगरमै पहिलो पटक प्रस्तुती दिन लागेका गायक थापाले अहिलेको उनको चर्चित गीतहरु देखि अघिल्ला चर्चित गीतहरु साँझमा गाउने भएका छन्। 

भोलि साँझ ५ बजे विराटनगर स्थीत हाटखोला मैदानमा हुने साँझमा दुर्गेश थापा सहित फेशन शो, विराटनगरका गायकहरुको समेत प्रस्तुती रहने लाइभ इन्टरटेन्मेन्टका निर्देशक सेन्टो महतोले जानकारी दिएका छन्।  

निर्देशक महतोका अनुसार साँगितिक साँझको स्टेज निमार्ण सहित व्यवस्थापनको कामहरुको लगभग तयारी पुरा भएको छ।