सुनसरी, विद्युतिय करेन्ट लागेर एक जना नावालकको मुृत्यु भएको छ।
सुनसरी स्थीत बराहक्षेत्र नगरपालिका(१०मा विहिबार बिधुतिय करेन्टलागेर नावालकको मृत्यु भएको हो।
स्थानीय उमेश राईको छोरा १८ महिनाको उपदेश राई उनकै छिमेकी पुष्पमाया मगरको घरमा खेल्ने क्रममा मोवाईल चार्ज गर्ने बोर्डमा छुदा करेन्ट लागी घाईते भएका थिए।
घाईते नावालकलाई तत्काल उपचारको लागी बिपि कोईराला स्वास्थ्य बिधि बिज्ञान प्रतिष्ठान धरान घोपा लगिएकोमा चेकजाँचको क्रममा डाक्टरले मृत घोषणा गरेको हो।
घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।