धरान, एलिसन हस्पिटालिटि प्रा.लि.ले ‘टुरिजम प्रोजेक्ट सोकेस–कोशी’ कार्यक्रम बारेमा आज धरानमा जानकारी गराएको छ।
कोशी प्रदेशमा भएका पर्यटनको सम्भाव्यताको अध्ययन गरि पर्यटनको सम्भाव्यताहरुलाई प्रदशर्नी गरेर प्रदेशको पर्यटन प्रवद्र्धन गर्ने उदेश्यले उक्त प्रोजेक्टको आयोजना गरिएको प्रा.लि.की अध्यक्ष एलिना मगरले आज धरान-१ स्थीत सुनसरी उद्योग वाणिज्य संघमा अयोजित कार्यक्रममा जानकारी गराएकी हुन्।
अध्यक्ष मगरको अनुसार हालमा कुनैपनि पर्यटनसम्बन्धी गुरु योजनाहरु नभएको अवस्थामा कोशी प्रदेशमा रहेका पर्यटनका सम्भावना के-के छन् भनेर उत्खनने गर्ने र पर्यटनमा भएका सम्भावनाहरुलाई एकवद्धरुपमा प्रोजेक्टको बैंक बनाएर पर्यटनको बिकास गर्न प्रोजेक्टले काम गर्ने रहेको छ।
उक्त प्रोजेक्ट अन्तरगत इन्जिनियरिङ अध्ययन गरिरहेका विद्यार्थीहरुले स्थलगत सर्भे गरेर प्रोजेक्ट बैंक बनाउने छन्। उक्त प्रोजेक्टमा विद्यार्थीहरुको समुहले प्रतिष्पर्धाबाट छनौट भएर कार्य गर्नेछन्।
नेपालभरिका सिभिल तथा आर्किटेक्ट इन्जिनियरिङ अध्ययन गरिरहेका लागि २१ वटा विद्यार्थीहरुको समुहको आवेदन रहेकोमा १० वटा समुहलाई छनौट गरिएको छ।
जसमा रुरल रिड्ज विल्डर्स टिम नेपाल इन्जिनियरिङ कलेज, एग्रो भिलेज टिम नेपाल इन्जिनियरिङ कलेज, टिम कोशी एक्स्प्लोरर टिम पुल्चोक क्याम्पस, स्केच स्क्वायर्ड पुल्चोक क्याम्पस, एक्मी कोस्टर टिम एक्मी इन्जिनियरिङ कलेज, केटुपिए टिम पुल्चोक क्याम्पस,पाथफाइण्डर टिम पुल्चोक क्याम्पस, बियोण्ड द ब्रिउ टिम ख्वपा इन्जिनियरिङ कलेज, पुल्चोक इयर फाइभ पुल्चोक क्याम्पस, विनर टिम पुल्चोक क्याम्पस बाट छनौट भएका छन्।
छनौट भएका समुहको कन्सेप्ट पेपरमा तोकिएको अनुसार कोशी प्रदेश अन्तरगतका ओखलढुंगा लिखु, सोलु, रौता पोखरी, मुन्धुम सर्किट, संखुवासभा, डाँडाबजार, राजारानी, पानीटार इलाम, सुर्योदय अन्तु इलाम, माईपोखरी लगायतको क्षेत्रको प्रोजेक्ट रहेका छन्।
छनौट भएका ती समुहले ती स्थानमा गएर स्थलगत अध्ययन गरेर प्रोजेक्टको ड्रयङ्ग, थ्री डी, प्रोजेक्टको डमी, प्रोजेक्ट प्रेजेन्टेशन तयार गरेर आगामी जेठ ९ गते देखि ११ गतेसम्म काठमाडौंमा हुने ३ दिने प्रदर्शनीमा प्रस्तुत गर्नुपर्ने प्रा.लि.की अध्यक्ष एलिना मगरले जानकारी गराईन्।
उक्त प्रदर्शनीमा संघीय सरकार, प्रदेश सरकार, स्थनीय निकाय, योजना आयोग, एनआरन, उद्योग वाणिज्य संघ, लगानी बोर्ड, पर्यटन बोर्ड, बित्तिय संस्था, विद्यार्थीहरु, लगानीकर्तालगायतको उपस्थितिको गराईने छ।
यसरी प्रदर्शनीबाट प्रथम, दोस्रो र तेस्रो घोषणा गरिने भएको छ। सात जना विज्ञको निर्णायक टोलीले विजेता घोषणा गर्नेछन्।
विजेता समुहले क्रमशः प्रथम नगद १ लाख, दोस्रोले ५० हजार, तेस्रोले २५ हजार सहित बाँकी सबै समुहले नगद १० हजार, प्रमाण पत्र तथा उपहार पाउने रहेको छ।
नवीनतम तथा दिगो पर्यटन संरचना तथा योजना विकास गर्ने, स्थानीय सम्पदाको प्रवद्र्धन गर्ने, पर्यटन व्यवसाय प्रवद्र्धनमा नयाँ उपायको खोजी गरी विद्यार्थीहरुलाई व्यवसायिक स्तरमा अवसर प्रदान गर्ने प्रमुख उदेश्यले उक्त प्रतिष्पर्धाको आयोजना गरिएको हो।
आयोजकको अनुसार सो प्रतिष्पर्धात्मक प्रदर्शनीमा लगानीकर्ताहरुको अवलोकन आव्हान गरिने र नवप्रवर्तक विद्यार्थीहरु र लगानीकर्तालाई जोड्नका लागि आयोजकले पुलको कार्य गर्ने रहेको छ।