धरान, लिम्बू पत्रकार संघ सुनसरीको चौथो अधिवेशनबाट अध्यक्षमा स्वर्णीमहाङ फोम्बो लिम्बु सर्बसम्मत चयन भएका छन्।
आज धरान–१५ स्थीत चुम्लुङ हिममा आयोजना भएको अधिवेशनबाट उपाध्यक्षमा मेरिना तुम्सा, सचिव टिना चोङबाङ, सहसचिव किरण थेवे चयन भएका छन् ।
सदस्यमा क्रमशः मनिहाङ लिम्बू, बिनोद केदेम, इन्द्रकुमार लिम्बू, जीवन केदेमलगायत चयन भएका छन् भने कोषाध्यक्ष समितिले आगामी बैठकबाट मनोनित गरिने भएको छ।
लिम्बू पत्रकार संघ सुनसरीका अध्यक्ष कुशल कुरुम्भङको सभापतित्व, केन्द्रिय अध्यक्ष सन्देश सुब्बा लङ्वाको प्रमुख आतिथ्यमा भएको अधिवेशनमा विशेष अतिथीहरु अग्रज पत्रकार हर्ष सुब्बा, नेपाल पत्रकार महासंघ सुनसरी अध्यक्ष सन्तोष काफ्ले, आदीबासी जनजाती पत्रकार महासंघ सुनसरी अध्यक्ष सुनिल चौधरी, किराँत राई पत्रकार संघ सुनसरी अध्यक्ष बसन्त वान्तावा राई रहेका थिए।