विराटनगर, कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको प्रमुखको रुपमा प्रहरी नायव महानिरीक्षक ईश्वर कार्कीले पदभार ग्रहण गरेका छन्। 

नेपाल सरकार गृह मन्त्रालयले यही बैशाख २१ गतेको निर्णय अनुसार नेपाल प्रहरी प्रधान कार्यालय अन्वेषण योजना तथा विकास निर्देशनालय नक्साल काठमाण्डौबाट कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरमा कार्की सरुवा भएका हुन्।

Polish_20250511_233759272 प्रहरी नायव महानिरीक्षक ईश्वर कार्कीले आज कार्यभार सम्हालेका हुन्। उनले प्रदेश प्रहरी तालिम केन्द्रका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक अबि नारायण काफ्ले, प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी वरिष्ठ उपरीक्षक भीम बहादुर दाहाल, प्रहरी वरिष्ठ उपरीक्षक गोबिन्द अधिकारी सहित सिनियर तथा जुनियर प्रहरी अधिकृतलगायत प्रहरी कर्मचारीहरुले स्वागत गरेका छन्।  

पदभार ग्रहण पश्चात् उनलाई कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी वरिष्ठ उपरीक्षक भीम बहादुर दाहालले कोशी प्रदेशको बर्तमान शान्ति सुरक्षाको अवस्था, जनशक्ति व्यवस्थापन, अपराधको बिद्यमान अवस्था र चुनौती, प्रदेश प्रहरी कार्यालयद्वारा गरिएका नविनतम् तथा रचनात्मक कार्यका बारेमा जानकारी गराएका छन्।

Polish_20250511_233749673