धरान, करेन्ट लागेर दुई जना वृद्धाको मृत्यु भएको छ।

मोरङको रतुवामाई नगरपालिका–३ स्थित मिर्चा डाँगीमा करेन्ट लागेर दुई वृद्धाको मृत्यु भएको हो। 

मंगलबार राति साढे ९ बजे विवाह समारोहमा गएका ७३ वर्षिया सुर्यदेवी गनगाई  र ७० वर्षिया रामुदेवी गनगाई करेन्ट लाग्दा गम्भीर घाइते भएका थिए। 

घटनास्थलमा बासमा बाधिएको माइक हावाहुरीका कारण ढलि हाइ टेन्सन लाइनमा छोएको र सोही क्रममा करेन्ट प्रवाह भइ दुबैजना घाइते भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले जनाएको छ।

गम्भीर घाइते दुबै जनालाई उपचारका लागि तत्कालै रंगेली अस्पताल मोरङ लगिएको थियो। उपचारको क्रममा दुबैजनाको ज्यान गएको इलाका प्रहरी कार्यालय सिजुवा मोरङले जनाएको

 छ।

प्रहरीले घटनाबारे आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइरहेको जानकारी गराएको छ।