विराटनगर, युमी स्कुल मोरङले विविघ कार्यक्रम गरि विहिबार वार्षिक उत्सव मनाएको छ।
विराटनगर महानगरपालिका-१९ मिलन चौक स्थीत युमि स्कुलको प्रागणमा साँस्कृतिक तथा साँगितिक प्रस्तुतिहरू, नाटक प्रस्तुती र पुरस्कार, सम्मान कार्यक्रम गरि वार्षिक उत्सव मनाएको हो।
स्कुलकी अध्यक्ष चन्द्रावती राईको सभापतित्वमा, विराटनगर महानगरपालिका-१९ को वडा अध्यक्ष श्याम घिमिरेको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा विद्यार्थीहरूले देशभक्त, साँस्कृतिक, धार्मिक, मोर्डनलगायतको नृत्य र देशभक्त तथा अंग्रेजी गीत प्रस्तुत गरे।
यसैगरी उक्त स्कुलका नर्सरी देखि कक्षा १०मा अध्ययन, गीत संगीत, चित्रकला, खेलकुदलगायत तर्फका उत्कृष्ट विद्यार्थीहरु, स्कुलका विविन्न विधाका उत्कृष्ट शिक्षक-शिक्षिका र कर्मचारीहरुलाई पुरस्कृत तथा सम्मान गरिएको छ।
स्कुलकी प्रिन्सिपल राखी झा, विराटनगर-१९ का वडा सचिव यज्ञनिधि पौडेल, वडा सदस्य निजनारायण राजवंशी, विराटनगर-१९ स्वास्थ चौकीका प्रमुख भोलानाथ तिम्सिनाद्वारा उनीहरूलाई पुरस्कृत तथा सम्मान गरिएको हो।
कार्यक्रमको प्रमुख अतिथी वडा अध्यक्ष घिमिरेले युमी स्कुलले छोटो समयमै धेरै प्रगति गरेको बताउदै अंग्रेजीमाध्यमयमा पढाई हुने उक्त विद्यालयमा विभिन्न विषयसँगै जापानीज भाषा पनि अध्यापन गराउदै आएकोमा यसले विद्यार्थीहरुको जीवनमा महत्त्वपूर्ण भुमिका खेल्ने बताउदै गुणस्तर शिक्षासँगै अतिरिक्त क्रियाकलापमा पनि अगाडि रहेको युमी स्कुललाई बधाई तथा शुभकामना व्यक्त गरे।
उक्त कार्यक्रममा विराटनगर-१९ का पूर्व अध्यक्ष बद्री नारायण सरदार, विद्यालय व्यवस्थापन प्रमुख अनिल श्रेष्ठ, प्रिन्सिपल राखी झा र अध्यक्ष चन्द्रवती राईले मन्तव्य व्यक्त गरे