धरान, रानाहोंछा सेवा समाजले उभौली साकेलाको अवसरमा आज 'प्रथम जीतासिंह साँगितिक कार्यक्रम-२०८२' सम्पन्न गरेको छ।
धरान-१५ स्थीत चुम्लुङ भवनमा आयोजित उक्त साँगितिक कार्यक्रममा एक दर्जन चर्चित गायक, गायिकाहरुले आफ्नो गीत प्रस्तुत गरे। भने कार्यक्रममा नृत्य, कविता र हास्य व्यङ्ग्य प्रस्तुति समेत प्रस्तुत भए।
जसमा गायकहरु भीषण मुकारूङ, ज्वाला राई, मेघराज रानाहोंछा,लोकेश राई ,सागर सरगम राई, गजेन रानाहोंछा, कुम्भ रानाहोंछा, गायिकाहरु मेनुका राई, ईन्द्रकला राई, विपना राईले गीत प्रस्तुत गरे।
यसैगरी हास्य कलाकार गणेश ईशाराले हास्य व्यङ्ग्य प्रहसन तथा कलाकारहरु पर्शुराम राई, नाईमा राई, खुशी राई, दिना चोङ्बाङ, आस्था चोङ्बाङले नृत्य, किरात राई यायोक्खा धरान-१५ ले साकेला नृत्य र कवि, गीतकार भिम विरही राईले कविता वाचन गरे।
किरात चाम्लिङ राई रानाहोंछा सेवा समाज केन्द्रीय समितिको मूल-आयोजना तथा क्षेत्रीय समितिको सह-आयोजनामा क्षेत्रीय अध्यक्ष चन्द्रकुमार राईको सभापतित्व, धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा पूर्व एआईजी टेकबहादुर राई र वेलायती सैनिक तथा गीतकार चन्द्र जयपाल राईलाई सम्मान गरिएको छ।