धरान, यलम्बर सम्वत ५०८५ को उभौली साकेलाको अवसरमा आज ‘धरान नगर स्तरिय साकेला सिली प्रर्दशनी कार्यक्रम–२०८२’ भएको छ।

धरानको भानुचौकमा किरात राई यायोक्खा, धरान उपमहानगर समिति र किराया, वडा कार्यसमिति ९÷१० को आयोजना, किरात राई साँस्कृतिक कलाकार संघ सुनसरीको विशेष सहयोगमा भएको प्रर्दशनीमा किराया, धरान अन्तरका सबै वडा कार्यसमितिहरुले साकेला सिली प्रदर्शन गरेका छन्। 

उक्त कार्यक्रम किराया धरानका अध्यक्ष लिला राईको सभापतित्वमा, धरान उपमहानगर पालिकाका उपप्रमुख आईन्द्रबिक्रम वेघाको प्रमुख आतिथ्यमा भएको हो। 

कार्यक्रमका प्रमुख अतिथी वेघाले वैशाख पूर्णिमाबाट सुरु हुने उभौली चाडमा विशेष गरी सबै किरातीले आ–आफ्नो किसिमले मनाउने गरेको छ।

उभौली किरातीको लागि मात्र नभएर सबै जातजातीको लागि महत्वपूर्ण भएको कार्यक्रममा प्रमुख अतिथी वेघाले बताए। 

उभौलीमा वर्षेवाली सुरु गर्नु अघि अन्नबाली राम्रो होस् भन्दै आकास, भूमि (जमिन), वन, जंगल र पिता पूर्खाको आर्शिवाद माग्दै आफन्त, ईष्टमित्र, छरछिमेकीमा माया, प्रेम कायम रहोेस् भन्दै सदभाव राख्दै साकेला सिली नाचिने गरेको किराया धरानकी अध्यक्ष लिला राईले बताईन्। 

अध्यक्ष लिला राईको अनुसार साकेला सिली प्रदर्शनीको धेरै महत्व रहको बताउँदै, साकेला सिलीले किरात राईहरुको परम्परा, सहनसहन, जीवनशैलीको बारेमा नृत्य मार्फत बताउने रहेको छ। जसमा खेलबारीमा हलो जोत्ने, कुटे–कोदाले खन्ने, धान रोप्ने, शिकार गर्नेलगायतको कामहरु सिलीको माध्यमबाट प्रस्तुत गरिन्छ। यसरी साकेला सिलीको ताल र चालमार्फत किरातीहरुको परम्परा, सहनसहन, सभ्यतालाई प्रस्तुत गरिन्छ। 

उनको अनुसार उक्त साकेला सिली प्रदर्शनीमा धरानका सबै किराया वडा समितिले सहभागिता जनाएको बताईन्। 

साँस्कृतिक पहिरनमा ढोल, झ्याम्टा बजाउँदै झाकी, र्याली सहित आफनो समुहसँगै साकेला सिली प्रर्दशनीमा आएका किराया, धरानका वडा समिति अध्यक्षहरु तथा सिलीमपाहरुलाई फेटा गुथाई स्वागत, सम्मान गरि साकेला सिलीमा सहभागिता गराईए हो।

Polish_20250517_195139530कार्यक्रममा विशेष अतिथी किरात राई यायोक्खा केन्द्रिय पूर्व अध्यक्ष तथा धरानका निवर्तमान प्रमुख तिलक राई, किराया एक नंबर प्रदेशका उपाध्यक्ष बलराम राई, धरान–२ नंबर वडाका अध्यक्ष रमेश राई तथा पूर्व मन्त्री तथा संविधान सभा सदस्य कृष्णकुमार राईले साकेला उभौली र सिलीको महत्वको विषयमा बताउदै शुभकामना व्यक्त गरे।

किराया केन्द्रिय उपाध्यक्ष दोर्पध्वज राई, मानभगत चाम्लिङ्ग, नेपाल आदिवासी जानजाती महासंघ धरान उपमहानगर समन्वय समितिका अध्यक्ष सुवास हुक्पा चोङ्गबाङ्ग, नेपाल मगर संघ धरान उ.म.न.समिति अध्यक्ष चित्रराज थापा मगर, समाजसेवी ऋषिराज राई, समाजसेवी अशोक राईलगायतको उपस्थीती रहेको थियो।