धरान, चलचित्र पत्रकार संघले जेष्ठ ७ गते देखि ९ गते सम्म 'सिनेमा पर्यटन महोत्सव-२०८२' आयोजना गर्ने भएको छ।

इलामको श्री अन्तु, सुर्योदय नगरपालिका, इलाम बजारमा विविध कार्यक्रमको साथ महोत्सव आयोजना हुने भएको हो।

चलचित्र पत्रकार संघ कोशी प्रदेशको संयोजन, संघको जिल्ला शाखाहरु इलाम, झापा, सुनसरी र मोरङको व्यवस्थापनमा हुने चलचित्र पत्रकारहरुको दोस्रो राष्ट्रिय भेला सहितको उक्त महोत्सव हुने भएको हो।

सिनेमाको माध्यमबाट पर्यटन प्रवर्द्धन गर्ने उदेश्यले आयोजना गरिने  महोत्सव अन्तरगत संघको २६औं वार्षिक उत्सव कार्यक्रम, राष्ट्रिय चलचित्र पत्रकारिता दिवस, सम्मान–पुरस्कार, सिनेमा र पर्यटन संवाद, अन्तरक्रिया, कार्याशाला लगायतको विविध वृहत कार्यक्रम गरिने चलचित्र पत्रकार संघ कोशी प्रदेशकी अध्यक्ष सन्जु राईले बताइन्।

उक्त कार्यक्रममा राष्ट्रिय चलचित्र पत्रकारिता रजत सम्मान-२०८२ बाट ध्रुव लम्साल, राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान-२०८२ बाट विष्णु सुवेदी र नरेन्द्र बस्नेतलाई सम्मान गरिने भएको छ। 

यसैगरी राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार -२०८२ बाट जीवनकुमार पराजुली, वर्षा बस्नेत, तुलसीप्रसाद निरौलालाई पुरस्कृत गरिने भएको छ भने राष्ट्रिय चलचित्र पत्रकारिता प्रोत्साहन पुरस्कार - २०८२ रश्मि थापालाई प्रदान गरिने भएको छ।

Screenshot_20250520-154706_Galleryमहोत्सव अन्तरगतका कार्यक्रमले इलामसँगै कोशी प्रदेशका पर्यटकीय स्थलहरुलाई सिनेमा र संचारको माध्यमबाट प्रवर्द्धन र प्रचार-प्रसार गर्न महत्त्वपूर्ण भुमिका खेल्ने अध्यक्ष सन्जु राईले बताइन्।

यी कार्यक्रमहरु प्रदेश सरकारका मुख्यमन्त्री, मन्त्रीहरु, सासंदहरु, पालिका प्रमुखहरु, चलचित्र विकास वोर्डका अध्यक्ष, बरिष्ठ चलचित्रकर्मीहरु, चलचित्रजन्य संघसंस्थाका अध्यक्षहरु तथा देश भरिका चलचित्र पत्रकार संघ नेपाल अन्तरगतका सबै शाखाका अध्यक्ष तथा पदाधिकारी संचारकर्मीहरुको सहभागितामा महोत्सव संचालन हुने भएको छ।

Polish_20250519_232114142 1