धरान, धरानबाट ठुलो परिमाणमा लागुऔषध गाँजा बोकेर ल्याउँदै गरेको एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।

धरान उपमहानगरपालिका–१५, देवी गाउँबाट धनकुटा जिल्ला चौबिसे गाउँपालिका निवासी २० वर्षीय अर्जुन लिम्बु रहेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ।

प्रहरीका अनुसार लिम्बु शनिबार राति करिब पौने ९ बजे प्र.१-०२-०४४ प ४३२० नम्बरको मोटरसाइकलमा ४ वटा बोरामा लुकाएर गाँजा बोकेर ल्याउँदै गरेका थिए। विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले उनलाई देवी गाउँ नजिकैको सडकखण्डमा चेकजाँचको क्रममा पक्राउ गरेको हो।

पक्राउ परेका लिम्बुसँग बरामद गरिएको गाँजाको तौल ८२ किलोग्राम रहेको प्रहरीको भनाइ छ। हाल लिम्बु प्रहरी नियन्त्रणमा छन् र घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।