धरान, तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषदको पाँचौं राष्ट्रिय महाधिवेशन काठमाडौंमा सम्पन्न भएको छ। 

महाधिवेशनबाट अध्यक्ष पदमा धनमान गुरुङ निर्वाचित भएका छन्।

यसैगरि बरिस्ठ उपाध्यक्षमा डम्बरबहादुर गुरुङ, उपाध्यक्षमा केशरमान गुरुङ, नर बहादुर गुरुङ, बिमला गुरुङ, श्रीप्रसाद गुरुङ, मनोज गुरुङ, डि बि गुरुङ र महिला उपाध्यक्षमा देब कुमारी गुरुङ चयन भए।

परिषद्को महासचिवमा राजु गुरुङ, सह-महासचिवमा गोपाल गुरुङ, उपमहासचिवमा बिष्णु माया गुरुङ, सचिवमा मिलन कुमार गुरुङ, लोकबहादुर गुरुङ, पूर्ण बहादुर गुरुङ, कमला गुरुङ, कोषाध्यक्षमा ई.गंगा बहादुर गुरुङ र सह-कोषाध्यक्ष टिकाराम गुरुङ चयन भए।

यस्तै परिषद्को प्रदेश प्रमुखमा आनन्द गुरुङ, एक बहादुर गुरुङ, बिमला देवी गुरुङ, जित बहादुर गुरुङ, झपट बहादुर गुरुङ र काठमाण्डौ उपत्यका प्रमुखमा धर्मराज गुरुङ (राजु) चयन भए।

सचिवालय सदस्यमा  निर्मला गुरुङ, रग बहादुर गुरुङ, 

तुलाराम गुरुङ, धिरज गुरुङ, बलिमान गुरुङ, केन्द्रिय सदस्य खुल्ला  एम बि लामा गुरुङ रहेका छन्। भने 

सदस्यमा झमक राज गुरुङ, मानकाजी गुरुङ, मित्र कुमार गुरुङ, राजेन्द्र बहादुर गुरुङ, पेमा गुरुङ, प्रजन बहादुर गुरुङ, ईमान सिंह गुरुङ, राम बहादुर (अक्कल बिराही ) गुरुङ, जंग बहादुर गुरुङ, धन बहादुर गुरुङ, महेन्द्र कुमार गुरुङ, मोहन बहादुर गुरुङ, शम्भु गुरुङ, गंगा गुरुङ रहेका छन्।

तमु संघ संस्था बाट केन्द्रीय सदस्यमा खेम कुमार गुरुङ, सरला घले, कुम्भराज (कुमार) गुरुङ, डम्बर बहादुर गुरुङ, टिकाराम गुरुङ, धार्मिक संस्थाबाट सदस्यमा श्री रबिन गुरुङ (तमु बौद्ध ), तमुवान बिशेष क्षेत्र केन्द्रिय सदस्यमा यमु गुरुङ, जगत काजी गुरुङ, धन प्रसाद गुरुङ चयन भएका छन्।

यस्तै आरक्षित महिला सदस्यमा शर्मिला गुरुङ, टिचन गुरुङ, आशा गुरुङ गुरुङ, दिल माया गुरुङ रहेका छन्।

जेष्ठ ११ गतेदेखि १३ गते गरी तीन दिनसम्म चलेको महाधिवेशनमा देशभरका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। महाधिवेशनले गुरुङ समुदायको हक, अधिकार, भाषा, संस्कृति र पहिचान संरक्षणका लागि संस्थागत रूपमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेको छ।