धरान, विवाहित महिलाहरुको प्रतिभा र क्षमता अभिवृद्धि गरी क्षमता प्रदर्शन गर्ने उदेश्य सहित धरानमा संचालित ‘मिसेस स्टेट–२०२५’ सीजन ३ कोशी प्रदेशका प्रतिष्पर्धीहरुले विभिन्न जीवन उपयोगी ज्ञानको प्रशिक्षण लिईरहेका छन्।

गृहणी महिलाहरु घरको काममा मात्र नअल्झिएर समाजमा आफनो प्रतिभा प्रस्फुटन गर्न सकुन भन्ने उदेश्यले वुमन्स वर्थ ग्रुपले आयोजना गरेको मिसेस स्टेटको अडिसन राउण्डबाट छनौट भएका १९ जना महिलाहरुले यतिबेला स्टेजमा प्रस्तुतीकरणका लागि रयाम्पवाक र डान्स सिकिरहेका छन्। 

उनीहरुलाई रयाम्पवाक कोरियोग्राफर तथा डिजे ललित राईले रयाम्प वक कोरियोग्राफी र डान्स कोरियोग्राफी नृत्य निर्देशक संघ सुनसरीका अध्यक्ष तथा गरिमा डान्स सेन्टर धरानका नृत्य निर्देशक मणिकुमार लिम्बुले गरारहेका छन्। 

बैशाख २४ गतेबाट कार्यक्रमका सहभागिहरुले धरान–९ स्थीत इनलाइट फिटनेसको हलमा आत्म रक्षाका लागि जुडो प्रशिक्षक एवं कोशी प्रदेश खेलकुद बिकास बोर्डका सदस्य रोशनी राई, सकारात्मक सोच, व्यक्तित्व बिकास र उदघोषण कला तालिम कौशिकी क्याम्पसका प्रमुख मोहन श्रेष्ठमार्फत प्रशिक्षण लिएको र धरान–४ बसन्तटार स्थीत सोताङ अर्गानिक फर्ममा संचालक कृष्ण राईले अर्गानिक कृषिका बारे जानकारी दिदै अवलोकन गराएको आयोजक ग्रुपका सचिव ज्योति राईले बताईन्।

उनको सहभागिहरुलाई स्टेज प्रस्तुतीसँगै महिला उद्यमशीलता, नयाँ संविधानमा महिला अधिकार, महिला सशक्तिकरण तथा लैंगिक समानता, महिला न्यायिक अधिकार, सकारात्मक सोचाई अभिवृद्धि तालिम, सँस्कृति र पहिचान सम्बन्धी जानकारीमुलक तालिम, महिला स्वास्थ्य तथा समाधान सचेतना तालिम, प्राथमिक उपचार तालिम, तालिम, आधारभूत पत्रकारिता तालिम तथा फोटोग्राफी सम्बन्धी जानकारीमुलक कक्षा, टेवल शिष्टाचार तालिम, फिटनेस तालिम, विजनेस टक, पर्यटन प्र्रवद्र्धन कक्षा, मेकअप तालिम, फोटो सेसन, आत्मरक्षा तािलमलगायतको प्रशिक्षणको राखिएको हो।

यस अघि  मिसेस स्टेट सीजन १ र २ सफताको साथ सम्पन्न गरिसकेको अनुभव बताउँदै आयोजक वुमन्स वर्थ ग्रुपका अध्यक्ष सुजता श्रेष्ठका अनुसार सहभागिहरुको शारिरीक तथा मानसिक क्षमता अभिवृद्धि तथा व्यक्तित्व बिकास गराउन सम्बन्धीत विषयका विज्ञहरुद्वारा प्रशिक्षण गराईरहेको बताईन्। 

mss2तालिम पश्चात ‘मिसेस स्टेट–२०२५’ सीजन थ्रीमा सहभागि १९ जना प्रतियोगीहरुले जेष्ठ १५ गते विहिबार धरान–१६ स्थीत गुरुङ पार्टी प्यालेसमा हुने ग्राण्ड फिनालेमा प्रतिष्पर्धा गर्ने आयोजक ग्रुपकी सहसचिव छाँया श्रेष्ठले जानकारी गराईन्।

ग्राण्ड फिनालेबाट विजेता बन्न सफल प्रतियोगीले  ‘मिसेस स्टेट–२०२५’  सीजन ३ कोशी प्रदेश उपाधी सहित नगद रु ५१ हजार, क्राउन, ट्रफी, गिफ्ट ह्याम्पर, फ्रि क्रन्च फिटनेस कार्ड र एक वर्षको लाईफ ईन्सुरेन्स प्राप्त गर्ने कोषाध्यक्ष रोजी ताम्राकारले बताइन्।

उनको अनुसार फस्ट रनर अप बन्ने प्रतियोगीले नगद २५ हजार र सेकेन्ड रनर अपले नगद १५ हजार सहित दुबैले नगद रु ५१ हजार, क्राउन, ट्रफी, गिफ्ट ह्याम्पर, फ्रि क्रन्च फिटनेस कार्ड र एक वर्षको लाईफ ईन्सुरेन्स प्राप्त गर्नेछन्। 

यसैगरी प्रतियोगितामा मिसेस ट्यालेन्ट, मिसेस पर्सन्यालिटी, मिसेस डिसीप्लीन, मिसेस फ्रेन्डसीप, मिसेस व्युटिफूल, मिसेस एक्टिभ, मिसेस वेष्ट वक, मिसेस फोटो जेनिक, वेष्ट ड्रेस, मिसेस पिपुल्स चोईस र मिसेज स्माईल अवार्ड जित्न सफल प्रतियोगिले ट्रफी, प्रमाणपत्र र गीफट ह्याम्पर प्राप्त गर्ने कोषाध्यक्ष रोजी ताम्राकारले बताइन्।