धरान, गणतन्त्र दिवसको अवसरमा कोशी प्रदेश सरकारद्वारा ‘राष्ट्रिय भावनाले ओतप्रोत भएका गीत संगीतहरुको कन्सर्ट’ आयोजना गरेको छ।

गणतन्त्र दिवसको खुसीयाली तथा गणतन्त्रलाई स्थापित गराई रहनको लागि प्रदेश सरकारको आयोजनामा कन्सर्ट आयोजना गरिएको हो। 

विराटनगरको महेन्द्र चोकमा विहिबार दिउँसो आयोजित उक्त कन्सर्टमा गायिका रचना रिमाल, अन्जु गौतम, सृष्टि हाङमाङ, गायक सुमित खड्कालगायतका गायक गायिका तथा प्रहरीहरुले गीत प्रस्तुत गरे भने गरिमा डान्स सेन्टर धरानले देश भक्ति तथा साँस्कृतिक नृत्य प्रस्तुत गरे। 

Polish_20250530_181359942उक्त कन्सर्ट गणतन्त्र दिवस २०८२ मूल आयोजक समिति, कोशी प्रदेशको आयोजना तथा नेपाल उद्योग वाणिज्य महासंघ, कोशी प्रदेशको सहआयोजनामा भएको हो। 

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीको नेतृत्वमा रहेको मूल समारोह समितिले गणतन्त्र दिवसकै अवसरमा वुधबार बिहान विभिन्न राजनीतिक पार्टीका नेताहरुको उपस्थीतिमा अन्तरक्रिया कार्यक्रम समेत सम्पन्न गरेको छ। 

‘संघीय लोकतान्त्रिक गणतन्त्रका उपलब्धि, अवसर, सम्भावना र चुनौती’का विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हो।

यस्तै विहिबार बिहाने रोडशेष चोकबाट महेन्द्रै चौकसम्म प्रभातफेरि आयोजना समेत भएको थियो भने सोही दिन आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा पत्रकार सम्मान तथा निवन्नध प्रतियोगिता समेत अयोजना गरेको थियो। 

सम्मानित पत्रकारहरुमा चिन्तामणी दहाल, मोहन काजी, विमल लामिछाने, राजेश्वर श्रेष्ठ, मोहम्मद सदरुल, मनोज दाहाल र यसोदा सेने रहेका छन्।