धरान, बैशाख पूर्णिमामा विधिवत् रुपमा पुजाआजा गरि ढोल झ्याम्टा फुकाई सुरु भएको यस वर्ष बि.सं.२०८२ तथा येलेदोङ ५०८५ को उभौली साकेला सिलीको समापन किरात राई यायोक्खा सुनसरीले भोलि (जेष्ठ १७ गते) समापन गर्दैछ।

किरात राईहरुको महान चाड साकेला उभौलीको अवसरमा गत बैशाख २९ गते किराया धरान १३ नं समितिको आयोजनामा धरान-१४ विजयपुर स्थीत हाङ वुद्धिकर्ण राईको दरबार परिषरमा साकेला सिली नाचेर सुरु भएको साकेला सिली भोलि (जेष्ठ १७ गते) किराया सुनसरीको आयोजनामा धरान–१७ स्थीत साकेला साँस्कृतिक पार्कमा 'वडा कार्य समिति स्तरीय प्रतियोगितात्मक साकेला शिली प्रर्दशनी कार्यक्रम ५०८५' आयोजना गरि यस वर्षको साकेला उभौली विधिवत रुपमा समापन गर्ने भएको छ। 

राई समुदायले हर्सो उल्लासको साथ मनाउने साकेला उभौलिमा नाचिने साकेला सिलीको संरक्षण, सम्वद्र्धन र नयाँ पुस्तामा हस्तान्तरण गर्न प्रचारप्रसार गर्ने उदेश्यले हरेक वर्ष किराया सुनसरीद्धारा साकेला उभौलीको विधिवत समापन प्रतियोगितात्मक साकेला शिली प्रर्दशनी कार्यक्रम आयोजना गर्दै विजेता, उपविजेता घोषणा गरि पुस्कार प्रदान गर्दै आईरहेको छ।

यस वर्षको साकेला उभौली समापन कार्यक्रममा आयोजना हुने प्रतियोगितात्मक साकेला शिली प्रर्दशनीमा प्रथम बन्ने समूहलाई ४० हजार, दोस्रोलाई ३० हजार, र तेस्रो हुनेलाई २० हजार रुपैयाँ नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरिनेछ।

यसैगरी, धरान बाहिर र धरान भित्रका १३ वटा विधाबाट पनि वडास्तरीय समूहहरूलाई प्रमाणपत्र र नगद पुरस्कार प्रदान गरिनेछ। जसअनुसार प्रथमलाई ७ हजार, दोस्रोलाई ६ हजार, र तेस्रोलाई ५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ।

सुनसरीमा यस वर्ष साकेला नाच क्रमशः बैशाख ३१ गते किराया धरान नगर समिति र वडा नं.९र१० को आयोजनामा धरान–२ भानुचौकमा, जेष्ठ २ गते किराया धरान–५र६ र भरौलको आयोजनामा बाङ्गे बजार, ३ गते किराया इटहरी–१/१९र२० को आयोजनामा तरहरा, किराया बराहक्षेत्रको आयोजनामा बराहक्षेत्र, किराया प्रकाशपुरको आयोजनामा प्रकाशपुर र किराया धरान–१९ को आयोजनामा धरान–१९ मा संचालन भएको थियो। 

यसैगरी जेष्ठ ४ गते किराया इटहरी– ६ को आयोजनामा तायारिप्चि भवन ईटहरीमा, ५ गते किराया इटहरी–२ शान्तिनगरको आयोजनामा साकेला धार्मिक वन पानीपियामा, किराया बक्लौरीको आयोजनामा बक्लौरी–४ मा, ६ गते किराया धरान–१७ को आयोजनमा धरान–१७ मा, किराया महेन्द्रनगरको आयोजनमा चक्रघट्टीमा, ७ गते किराया धरान–८ को आयोजनामा यलम्बर सामुदायिक वन धरान–८ मा भयो।

Polish_20250530_195116064 1यसैगरी ९ गते किराया धरान–१८ को आयोजनामा रत्नचौक धरान–१८ मा, १० गते किराया धरान–५र६ को आयोजनामा श्री सुम्निमा साँस्कृतिक स्थल धरान–५ मा, ११ गते किराया धरान–१५ को अयोजनामा साकेला धार्मिक वन महादेव चौकमा साकेला सिली संचालन भयो। 

यसरी सुनसरीको विभिन्न स्थानमा ढोल झ्याम्टाको तालमा साँस्कृतिक भेषभुषामा सजिएर साकेला सिली नाचेर साकेला उभौलीको समापन भोलि (जेष्ठ १७ गते) किराया सुनसरीको आयोजनामा धरान–१७ स्थीत साकेला साँस्कृतिक पार्कमा वडा कार्य समिति स्तरीय प्रतियोगितात्मक साकेला शिली प्रर्दशनी कार्यक्रम ५०८५ आयोजना गरि यस वर्षको साकेला उभौली विधिवत रुपमा समापन हुन लागेको हो।