धरान, वुमन्स वर्थ ग्रुपद्वारा आयोजित ‘मिसेज स्टेट–२०२५’ सीजन ३ कोशी प्रदेशको विजेता अन्जु गुरुङ बनेकी छन्।

विवाहित महिलाहरुको प्रतिभा र क्षमता अभिवृद्धि गरी क्षमता प्रदर्शन गर्ने उदेश्यले धरानमा संचालित उक्त ‘मिसेज स्टेट–२०२५’ सीजन ३ प्रतियोगिताको विजेता गुरुङले क्राउन पहिरिदै उपाधीसँगै नगद ५१ ह्जार, ट्रफी, गिफ्ट ह्याम्पर र एक वर्षको सूर्य ज्योति लाइफ इन्स्योरेन्स प्र्राप्त गरेकी छन्।

यसैगरी उनले अन्य उपाधी तर्फ मिसेस व्युटिफूल र वेष्ट स्माइलको उपाधी पनि जितेकी छन्।

उनलाई पूर्व मिस नेपाल एवं मुख्य निर्णायक उषा खड्गी र मिसेस स्टेट सिजन–२ को विजेता पुष्पा फोम्बोले क्राउन पहिराइ दिए। 

FB_IMG_1748661691250धरान–१६ स्थीत गुरुङ पार्टी प्यालेसमा बिहिबार साँझ भएको प्रतियोगितामा ममता शाह फस्ट रनरअप बन्दै क्राउन, नगद २५ हजार, ट्रफी, गिफ्ट ह्याम्पर प्राप्त गरिन्। भने सेकेन्ड रनरअप सुनिता श्रेष्ठ बन्दै क्राउन, नगद १५ हजार, ट्रफी, गिफ्ट ह्याम्पर प्राप्त गरिन्। उनले मिसेस इन्स्पिरेसनको उपाधी समेत जितिन्।

FB_IMG_1748661965674 1प्रतियोगिताको अन्य उपाधी तर्फ मिसेस पर्सनालिटी पुजा गच्छदार, मिसेस डिसिप्लिन राधा राई, मिसेस एक्टिभ अस्मिता भुजेल, मिसेस फोटो जेनिक ममता साह, मोष्ट ट्यालेन्ट हिना गुरुङ(राई), बेष्ट क्याटवक रिङ्की साह गुप्ता, मिसेस फेन्डसीप र मिसेस पब्लिक च्वाईसको उपाधी सृष्टि राई बन्न सफल भए। उनीहरुले ट्रफी, प्रमाणपत्र र गीफट ह्याम्पर प्राप्त गरेका छन्।

FB_IMG_1748662000756 1आयोजक वुमन्स वर्थ ग्रुपकी अध्यक्ष सुजाता श्रेष्ठको सभापतित्व, एसएसपी भीम दाहालको प्रमुख आतिथ्य रहेको प्रतियोगिताको मुख्य निर्णायकमा पूर्व मिस नेपाल उषा खड्की, निर्णायकहरुमा लेखक तथा अग्रज पत्रकार जनकऋषि राई, लायन्स ईन्टरनेश्नल ३२५ सि डिष्ट्रिक गभर्नर विकास अधिकारी, नेपाल उद्योग परिषद कोशी प्रदेशका उपाध्यक्ष गिरिजा सारडा र साँस्कृतिक अभियान्ता संगीता भण्डारी रहेका थिए।

उक्त प्रतियोगितामा कोशी प्रदेशका विभिन्न स्थानका १८ जना विवाहित महिलाहरुको सहभागिता रहको थियो।

Polish_20250531_092806236 1FB_IMG_1748661635705