धरान, किरात राई यायोक्खा सुनसरीले 'वडा कार्य समिति स्तरीय प्रतियोगितात्मक साकेला शिली प्रर्दशनी कार्यक्रम ५०८५' आयोजना गरि यस वर्षको साकेला उभौली विधिवत रुपमा समापन गरेको छ।

वैशाख पुर्णिमाबाट साकेला उभौली मनाउँदै सुरु भएको साकेला शिली नाच शनिबार (जेष्ठ १७ गते) धरान–१७ स्थीत साकेला साँस्कृतिक पार्कमा वडा कार्य समिति स्तरीय प्रतियोगितात्मक साकेला शिली प्रर्दशनी आयोजना गरि समापन गरिएको हो।

उक्त प्रतियोगितामा उत्कृट शिली प्रदर्शनी गरेर किरात राई यायोक्खा धरान-१५ नंबर वडा समिति विजेता बनेको छ। विजेता बन्दै धरान-१५ ले वाबु रनिङ शील्ड, प्रमाणपत्र र नगद ४० हजार प्राप्त गरेको छ।

Polish_20250601_120831890यसैगरी दोस्रो किराया धरान-१९ बन्दै वाबु रनिङ शील्ड, प्रमाणपत्र र नगद ३० हजार प्राप्त गरेको छ। भने तेस्रो किराया इटहरी १९ र २० बन्दै वाबु रनिङ शील्ड, प्रमाणपत्र र नगद २५ हजार प्राप्त गरेको छ।

Polish_20250601_120756008प्रतियोगिताको उत्कृष्ट ढोले किराया धरान-१८ का सतिस राई र उत्कृष्ट झ्याम्टा बजाउने महिलामा सोनापुर घोषित हुँदै प्रमाणपत्रसहित जनही नगद ५ हजार प्राप्त गरेका छन्।

यस्तै उत्कृष्ट सिली माङ्पा धरान-११ र उत्कृष्ट सिली माङ्मा धरान-१३ बाट घोषित हुँदै प्रमाणपत्रसहित जनही नगद ५ हजार प्राप्त गरेका छन्।

साकेला शिली प्रदर्शनी मध्येका जेष्ठ शिली माङ्पा धरान-९ का प्रेमहरि राई र कान्छा ढोले धरान-१५ का हाङसोन राई घोषित हुँदै प्रमाणपत्रसहित जनही नगद ५ हजार प्राप्त गरे।

प्रतियोतामा धरान भित्र र बहिर गरि विविध विधाबाट पुरस्कृत गरिएको छ। जस अन्तरगत उत्कृष्ट सहभागीता (कार्यक्रममा बढी संख्या सहभागी जनाउने) धरान भित्रबाट प्रथम किरात राई यायोक्खा धरान-५ र ६ नंबर वडा समिति भई नगद ७ हजार र प्रमाणपत्र प्राप्त गरेको छ।

दोस्रो किराया धरान-८ र तेस्रो धरान-११ बन्दै प्रमाणपत्रसहित क्रमशः नगद ६ हजार र ५ हजार प्राप्त गरेका छन्।

धरानबाहिरबाट प्रथम इटहरी-१९ र २०, दोस्रो इटहरी-५, तेस्रो इटहरी-१६,१७,१८ बन्दै प्रमाणपत्रसहित क्रमश: नगद ७ हजार, ६ हजार, ५ हजार प्राप्त गरे।

उत्कृष्ट कार्यक्रम व्यवस्थापनमा धरान भित्रबाट प्रथम धरान-१५, दोस्रो धरान-१७, तेस्रो धरान-१३ बन्दै प्रमाणपत्रसहित क्रमश: नगद ७ हजार, ६ हजार, ५ हजार प्राप्त गरेका छन्।

धरान बाहिरबाट प्रथम बराहक्षेत्र-६,७,८, दोस्रो इटहरी-२ शान्तिनगर, तेस्रो रामधुनी-६ बन्दै प्रमाणपत्रसहित क्रमश: नगद ७ हजार, ६ हजार, ५ हजार प्राप्त गरे।

अन्य वडा समितिको कार्यक्रममा सहभागीता जनाउनेमा धरान बाहिरबाट इटहरी-२, दोस्रो इटहरी-५, तेस्रो बराहक्षेत्र-१, २ बन्दै प्रमाणपत्रसहित क्रमश: नगद ७ हजार, ६ हजार, ५ हजार प्राप्त गरे।

धरान भित्रबाट प्रथम धरान-१५ र ११ भई प्रमाणपत्रसहित नगद ५/५ हजार पाएका छन्।

दोस्रो धरान-८, तेस्रो धरान-१३ बन्दै प्रमाणपत्रसहित क्रमश: ६ हजार, ५ हजार प्राप्त गरे।

उत्कृष्ट साँस्कृतिक सामाग्री प्रदर्शनीमा धरान बाहिरबाट प्रथम इटहरी-५, दोस्रो इटहरी-७, तेस्रो इटहरी-६ बन्दै प्रमाणपत्रसहित क्रमश: नगद ७ हजार, ६ हजार, ५ हजार प्राप्त गरे।

धरान भित्रबाट प्रथम धरान-८, दोस्रो धरान-१३, तेस्रो धरान-१६ बन्दै प्रमाणपत्रसहित क्रमश: नगद ७ हजार, ६ हजार, ५ हजार प्राप्त गरे।

यस्तै प्रतियोगिताको उत्कृष्ट भेषभुषातर्फ धरान बाहिरबाट प्रथम इटहरी-१९, २०, दोस्रो इटहरी-२, तेस्रो  इटहरी-१ बन्दै प्रमाणपत्रसहित क्रमश: नगद ७ हजार, ६ हजार, ५ हजार प्राप्त गरे।

धरान भित्रबाट प्रथम धरान-९, १०, दोस्रो धरान-१३, तेस्रो धरान-१८ बन्दै प्रमाणपत्रसहित क्रमश: नगद ७ हजार, ६ हजार, ५ हजार प्राप्त गरे।

Polish_20250601_115522861किराया सुनसरीका अध्यक्ष राजेन्द्र राईको सभापतित्व, धरान उप-महानगरपालिकाका प्रमुख हर्क साम्पाङको प्रमुख आतिथ्यमा भएको उक्त साकेला सिली प्रदर्शनीमा किराया धरानका सबै वडा समिति सहित सुनसरीका किराया सुनसरी अन्तरगतका वडा तथा भाषिक समितिहरुको सहभागीता रहेको थियोे।

Polish_20250601_115455418