धरान, झुम्कामा आयोजना हुन लागेको 'चौथो राष्ट्रिय थारु चलचित्र तथा साँस्कृतिक महोत्सव-२०८२' को तयारी पुरा भएको भएको छ।

यहि असार ६ (शुक्रबार) र ७ गते (शनिबार) सुनसरीको झुम्कामा आयोजना हुन लागेको उक्त महोत्सवको तयारी पूरा भएको आयोजकले जानकारी गराएका छन्।

थारु चलचित्र तथा साँस्कृतिक संघ केन्द्रीय कार्य समिति, काठमाडौंको आयोजनामा तथा चलचित्र विकास बोर्डको सहकार्यमा महोत्सव सञ्चालन हुन लागेको हो।

कोशी प्रदेशका मुख्यमन्त्री हिकमत कुमार कार्कीले महोत्सवको उद्घाटन गर्ने भएको छ भने  विशेष अतिथि आर्थिक मामिला तथा कानुन मन्त्रालय माननीय रेवतीरवण भण्डारी समेत विशेष उपस्थिति रहनेछ।

थारु कला, सँस्कृति, भाषा र चलचित्रको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिने महोत्सवको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएका छन्।

Messenger_creation_D50B1A01-0FDF-4BA6-9C45-A062AA23500Dउक्त महोत्सवको उद्घाटन कार्यक्रममा झाँकी  प्रदर्शन, पारम्परिक नृत्य प्रतियोगिता, थारु सांगीतिक प्रस्तुती, चलचित्र प्रदर्शन, कलाकार सम्मान तथा विविध सांस्कृतिक कार्यक्रमहरू समावेश हुनेछन्।

महोत्सवमा थारु चलचित्र क्षेत्रका योगदानकर्तालाई विशेष सम्मान प्रदान गरिनेछ।

थारु चलचित्र संघका केन्द्रीय अध्यक्ष पशुराम चौधरीले थारु समुदायको मौलिक पहिचान जोगाउन यस्ता कार्यक्रमहरू महत्वपूर्ण हुने बताए। उनले महोत्सवले राष्ट्रिय एकता र सांस्कृतिक विविधताको सन्देश दिने विश्वास व्यक्त गरे।

महोत्सवमा स्थानीयदेखि राष्ट्रिय स्तरसम्मका कलाकार, चलचित्रकर्मी, संस्कृतिप्रेमी तथा दर्शकहरूको बाक्लो उपस्थिति रहने अपेक्षा गरिएको छ।

Messenger_creation_9BBA2E61-3F50-41A6-A173-4A22D759B526