धरान, विद्युुतक्को ट्रन्सफर्मर मर्मत गर्ने क्रममा कर्मचारीको मृत्यु भएको छ।

सोलुखुम्बुको सोलु दुधकुण्ड नगरपालिका-११ स्थीत घुन्सा नुनथला करेन्ट लागेर एक जना विद्युतको कर्मचारीको मृत्यु भएको हो।

शनिबार दिउँसो विद्युतको ट्रान्सफर्मर मर्मत गर्ने क्रममा करेन्ट लागेर गम्भिर घाईते भएका सोलु दुधकुण्ड-७ भित्ताखर्कका ३५ बर्षीय रविन बस्नेतलाई उपचारकोलागी जिल्ला अस्पताल फाप्लु सोलुखुम्बु लगिएकोमा उपचारको क्रममा उनको मृत्यु भएको थियो। 

घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुबाट थप अनुसन्धान तथा कानूनी प्रकृया भईरहेको प्रहरीले जनाएको छ ।