धरान, कक्षा-११ मा भर्ना भएका नवप्रवेशी विद्यार्थीहरूलाई स्वागत गर्दै धरान–१२ चतरालाईन स्थीत सुनाखरी एकेडेमीले विशेष अभिमुखिकरण कार्यक्रम गरेको छ।

आज एकेडेमीले धरान-१२ स्थीत गोरखा होटलको सभाहलमा कार्यक्रमको आयोजना गरि नवआगन्तुक विद्यार्थीलाई अबिर लगाएर आत्मीय स्वागत हो।

सो अवसरमा विद्यार्थीहरूलाई शैक्षिक नीति, अनुशासन, पठन–पाठन प्रणाली तथा भविष्य निर्माणबारे जानकारी दिइएको थियो।

गुणस्तरीय शिक्षा प्रदान गर्न सीमित संख्यामा विद्यार्थी राखेर शिक्षा दिन प्रतिबद्ध रहेको बताउँदै कार्यक्रममा एकेडेमीका प्रिन्सिपल मिलन कुमार राईले  विद्यालयको शिक्षण दर्शन प्रस्तुत गरे। 

यस्तै, प्लस टु कोअर्डिनेटर टप कुमार राईले स्वागत मन्तव्य राख्ने क्रममा विद्यार्थी केन्द्रित शिक्षण विधि र व्यक्तिगत हेरचाहका पक्षमा एकेडेमीको लक्ष्य प्रष्ट्याए।

कार्यक्रमको प्रमुख अतिथिका रूपमा ज्ञानकुन्ज रेसिडेन्सियल स्कुलका प्रिन्सिपल अरुण राईको उपस्थिति रहेको थियो। साथै कराँते प्रशिक्षक किरण लामा लगायत शिक्षा क्षेत्रमा क्रियाशील व्यक्तित्वहरू पनि कार्यक्रममा सहभागी थिए।

FB_IMG_1751988678166उक्त कार्यक्रममा कक्षा-१२ का विद्यार्थीहरूले नृत्य तथा साँगितिक प्रस्तुति गरेर नवप्रवेशी विद्यार्थीहरू स्वागत गरेका थिए, भने छात्र शुलभ मगरले कार्यक्रम सन्चालन गरे।

उक्त अभिमुखिकरण कार्यक्रम एकेडेमी परिवारले नवप्रवेशी विद्यार्थीहरूलाई एकेडेमीको शैक्षिक वातावरणमा अभ्यस्त गराउने उद्देश्यले आयोजना गरेको हो।

IMG-20250702-WA0007