धरान, सुनसरी र झापाबाट प्रतिबन्धित लागू औषध सहित ७ जना पक्राउ परेका छन्।

बुधबार इटहरी उप-महानगरपालिका-११ बाट प्रहरीले सुन्दरहरैचा-७ का २४ वर्षीय सलमान मंसुरी, इटहरी -११ का १८ बर्षीय करण राई, इटहरी-१४ का २२ वर्षिय कोरुजित सरदार, सिरहा का २४ वर्षीय होम मुखियालाई प्रतिबन्धित लागुऔषध ट्रामाडोल १ हजार २ सय ६० क्याप्सुल र डीकोलिक ५ सय १० क्याप्सुल सहित पक्राउ गरेको हो।

उनीहरूलाई सुनसरीको प्रहरी चौकी खनारबाट विशेष सुचनाको आधारमा खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।

यसैगरी प्रहरी बिट मेचीपुल झापाको प्रहरी टोलीले भद्रपुर नगरपालिका-९ का २१ वर्षीय बिमल विश्वकर्मालाई २ ग्राम १ मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ।

झापाकै इलाका प्रहरी कार्यालय कुमरखोदले प्रतिबन्धित लागू औषध WINSPASMD FORTE- ४२ ट्याब्लेट सहित भारत बिहार किसनगंजका १९ वर्षीय मो. जमिरुल र ३ ग्राम ५० मिलिग्राम ब्राउन सुगर सहित झापाको कन्काई नगरपालिका-३ का २६ वर्षीय सुभास बर्देवालाई पक्राउ गरेको प्रहरीले जनाएको छ।